केही उपाय , कोरोना भाईरसबाट कसरी बच्ने ?

काठमाडौ , बैशाख ७ । कोरोनाको महाव्याधिबाट संसार त्रस्त छ । यसका सामु मै हुँ भन्ने विकसित देशहरु पनि यस्को अघी केही गर्न नसकी रहेको अवस्था  छ । नेपालमा पनि त्यो महाव्याधिले खुट्टा फैलाउँदैछ । यसका विरुद्धमा अहिलेसम्म खोप वा औषधि फेला परिसकेको छैन । यो स्थितिमा यो रोगसँग लड्ने सबैभन्दा उत्तम उपाय नै आफ्नो आत्मबल बलियो गराउनु साथै व्यक्तिहरु बाट १ मिटर (३ फिट) को दूरी कायम राख्नु नै हो ।

अत्यन्तै तीब्रगतिमा संक्रमित मानिसबाट स्वास्थ्य मानिसमा सर्ने गरेको कोरोनाको प्रकोपबाट बच्नका लागि अपनाउनै पर्ने सावधानीका 

उपायहरु यस प्रकार छन् :-  मास्क लगाउन अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)को सल्लाह अनुसार ।  

– भौतिक दूरी (सामाजिक दूरी) कायम गर्न सम्भव नभएका स्थानहरुमा अनिवार्य रुपमा मुख ढाक्ने लुगा (मास्क) लगाउने ।

– एउटा कपडाको सामान्य मास्कले पनि कोरोनाभाइरसको संक्रमण भएको तर लक्षण नदेखिएको व्यक्तिबाट उक्त भाइरस फैलिने गतिलाई सुस्त बनाउन सहयोग र्छ ।

– त्यस्तो मास्क सर्जिकल वा विशिष्ट खालको नै हुनुपर्छ भन्ने छैन, सामान्य कपडाको मास्कले पनि काम चल्छ ।

– मुख ढाक्ने कपडाको मास्कलाई नियमित रुपमा घुनुपर्छ ।

– मास्क हटाउँदा सावधानी अपनाउनु पर्छ । आँखा, नाक, मुख नछोइकनै मास्क खोल्ने गर्नुपर्छ । मास्क खोलिसकेपछि त्यसलाई धुनपर्छ । साथै, हरेक पटक मास्क खोलेलगत्तै साबुन पानीले हात धुनुपर्छ ।

विश्व स्वास्थ्य संगठनको सल्लाह अनुसार :- 

– नियमित रुपमा साबुन पानीले हात धुनुपर्छ अथवा अल्कोहल भएको स्यानिटाइजर लगाउनुपर्छ ।

– खोकेपछि र हाँच्छिउ गरेपछि, संक्रमितको हेरचाह गरेपछि, खाना पकाउनुअघिपछि, खानुअघि, चर्पीको प्रयोग गरेपछि, हात मैलो भएपछि, फोहोरमैला छोएपछि र जनावरहरु छोएपछि हात धोइहाल्नुपर्छ ।

– खोकी लागिरहेको वा हाँच्छिउ गरिरहेका व्यक्तिबाट कम्तिमा १ मिटर (३ फिट) को दूरी कायम गर्नुपर्छ ।

– आफ्नो हातले आँखा, नाक वा मुख छोइरहनु हुन्न । सार्वजनिक स्थानमा थुक्नु पनि हुन्न ।

– खोक्दा वा हाँच्छिउ गर्दा सधै मुख र नाक टिस्यूले वा हातको पाखुरा दोबारेर छेक्नुपर्छ । त्यसरी प्रयोग गरेको टिस्यू तुरुन्तै विसर्जन गर्नुपर्छ । हात धोइहाल्नुपर्छ ।

चिकित्सीय सल्लाह अनुसार :- 

– तपाईंमा कोरोनाका लक्षणहरु छन् भने अरु मानिससँगको सम्पर्कलाई पन्छाउनुपर्छ ।

– अस्वस्थ महसूस भयो वा टाउको दुख्ने, रुघा लाग्ने जस्ता सामान्य लक्षणहरु देखापरेको छ भने भने घरमैमा बस्नुपर्छ । त्यसो गरेर स्वास्थ्य संस्थाहरु तथा अन्य मानिसहरुमा रोग सर्नबाट बचाउन सकिन्छ ।

– ज्वरो, खोकी तथा सास फेर्न गाह्रो हुने जस्ता गम्भीर लक्षणहरु देखापर्यो भने चाहिँ तुरुन्तै नजिकका स्वास्थ्य संस्थाहरु वा चिकित्सकको मद्दत लिइहाल्नुपर्छ ।

– तपाईंले हालसालै भेटेका व्यक्तिहरु तथा आफूले यात्रा गरेको विवरण लेखेर अधिकारीहरुलाई बुझाउनु पर्छ । त्यसले गर्दा अन्य संक्रमित व्यक्तिहरुलाई खोजेर यो संक्रमण फैलिनबाट रोक्न सकिन्छ ।

– कोभिड–१९ का बारेमा अधिकारीहरुले जारी गरेका दिनानुदिन भइरहेका प्रगतिहरुका बारेमा जानकार रहनुहोस् र त्यसको पालना गर्नुहोस् ।

मास्क र पन्जाको प्रयोग कसरी गर्ने ? 

– स्वस्थ मानिसले विरामीको हेरचाह गरिरहेका छन् भने मात्रै मास्क लगाउनु पर्छ ।

– खोकी लागेको छ र हाँच्छिउ लागिरहेको छ भने पनि मास्क लगाउनुहोस् ।

– नियमित रुपमा हात घोइरहने बानी गरियो भने मात्रै मास्क लगाएको प्रभावकारी हुन्छ ।

– मास्क लगाइरहेको बेलामा घरिघरी छोइबस्नु हुँदैन । मास्क छुनुपर्दा पहिले हात धुनुहोस् ।

– एक पटक मात्रै प्रयोग गर्ने खालका मास्क लगाउँदा वा हटाउँदा राम्ररी अघि झुकेर लगाउनुहोस् । मास्क प्रयोग गरेर फ्याँकिसकेपछि राम्ररी हात धुनुहोस् ।

– एक पटक मात्रै लगाउने खालका मास्क घरिघरी नलगाउनुहोस् ।

– पञ्जा लगाउनुभन्दा घरिघरी हात धुने बानी कोभिड–१९ को संक्रमणविरुद्ध बढी प्रभावकारी हुने गर्छ ।

– हामीले लगाएको रबरको पञ्जामा पनि कोरानोभाइरस टाँसिन सक्छ, जुन हामीले अनुहार छुँदा सजिलै सर्न सक्छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago