सर्जक नमिता दवाडीले आफ्नो बिचार अनी नारिको बेदना अनी नारिहरु लुटिएको , बेचीयको अनी अदालत बाट नि केही नहेरिएको कुरा आफ्नो गजल संग्राम शीर्षक मार्फत बेक्त गर्नुभएकोछ ।
गजल :- को जित्ला, को हार्ला यहाँ चलिरहेको सङग्राम छ,
अरे! प्राणको भात,मासुको अचार भोज धुमधाम छ।
जिब्रो थुतिएको छ,आवाज लुटिएको छ, ढुक्क हुनुस् ,
घिस्रिन सक्दैन उ अदालतसम्म शरीरमा निलडाम छ।
बन्द गर उध्याउन खुकुरी ! बरु बन्दोबस्त गर घनको ,
पत्थर झैँ भएको छु चोटले ,कम्जोर प्रहार बेकाम छ ।
सोचेँ ! तिमीमै सुरक्षित रहला मन मुटु र त सुम्पिदिएँ ,
भाउ हेरी बेचिदियौ, त्यो ब्यापारी मनलाई सलाम छ।
आमा! कति झुक्याउँछ्यौ आएर झझल्कोमा सधैं सधैं ,
छामेर निधार ,सोध्यौ आज पनि तिमीलाई आराम छ ?
नमिता दवाडी , गोर्खा नेपाल , हाल: न्युजिल्यान्ड
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…