फोटो फाईल
लन्डन । जर्मनीका दुई उत्पादक कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोपले स्वीकृति पाउने सम्भावनाबढेको छ । युरोपेली तथा अमेरिकी नियामक निकायले यी दुई खोपलाई स्वीकृत दिने सम्भावना रहेको छ । खोपलाई अमेरिकी तथायुरोपेली निकायले मध्य डिसेम्बरसम्ममा स्वीकृति प्रदान गर्ने उत्पादकका प्रमुख कार्यकारीले बताएका छन् ।
रोयटर्स टिभीसँगको कुराकानीमा खोप निर्माता तथा जर्मन बायोटेक्नोलोजी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी उगुर साहिनले सबैप्रक्रिया सही रुपमा अघि बढेमा अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले आकस्मिक प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बताए ।
यस्तै युरोपियन युनियनले पनि केही सर्तसहित खोपको प्रयोगका लागि डिसेम्बरको दोस्रो हप्तासम्ममा स्वीकृति प्रदान गर्ने सम्भावनारहेको उनले उल्लेख गरेका छन् ।
फाइजरको खोपको प्रभावकारिता ९० प्रतिशत देखिएको छ । तर बुधबार सार्वजनिक भएको भिन्न उमेर समूहका व्यक्तिमा गरिएकोपरीक्षणमा खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको छ ।
अमेरिकी कम्पनी मोदेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता ९४.५ प्रतिशत देखिएको छ र सो खोप पनिअन्तिम चरणको परीक्षण पूरा गरी स्वीकृति प्राप्त गर्ने प्रक्रियामा छ ।
यस्तै अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा एस्ट्राजेनेकाले विकास गरिरहेको खोप पनि यो वर्षको अन्त्यसम्ममा तयार हुने अनुमानगरिएको छ ।(एजेन्सी)
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…