प्रचण्डजीको आरोप बोकेर म पदमा बस्न मिल्दैन

केपी शर्मा ओली

कमरेडहरू ! आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ सबै कमरेडलाई हार्दिक स्वागत गर्न चाहन्छु मैले धेरैभनिरहनुपर्ला जस्तो लाग्दैन, बैठक धेरै जटिल मोडमा , पार्टी निकै जटिल मोडमा सामान्य अवस्थाबाट पार्टी पनि गुज्रिराखेको छैन, हामी पनि गुज्रिराखेका छैनौँ एक दुईवटा कुरा राखौँ

अस्तिको बैठकमा केही कुरा जस्तो कि बैठकको एजेन्डाका रूपमा होइन, पत्राचारका रूपमा पाँचजना साथीले मलाई बैठक बोलाइयोस्भनेर पत्र दिनुभयो त्यसमा गम्भीर आरोपसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा ती आरोप अनुत्तरित हुन पनिसक्दैनथे मैले त्यसको जवाफ किन दिनुपर्‍यो ? वास्तवमा ती आरोप सही थिएनन्, अनुपयुक्त, अनुचित, झुठा भ्रमपूर्ण थिए, तिनकाबारेमा मैले प्रष्ट पार्नु नै जरुरी थियो

फोटो फाईल

त्यसकारण मैले व्यक्तिगत तवरमा नै अगुवाइ उहाँको भएको हुनाले अर्का अध्यक्षलाई पत्र लेखेँ त्यस पत्रको जानकारी बोधार्थकारूपमा पत्र बुझाउन आउने साथीहरूलाई दिएँ नै, अरू साथीलाई पनि जानकारीका लागि दिएँ त्यसको प्रत्युत्तरमा अर्को सात पेजकोजवाफ अर्का अध्यक्षले लेख्नुभयो त्यसको जवाफ मैले दिएको छैन स्वाभाविक रूपमा त्यसको पनि उचित जवाफ दिनुपर्ने त्यसबाहेक त्यसै दिन एउटा प्रस्ताव भनेर अर्का अध्यक्षले मलाई दिनुभयो, अरू सदस्यलाई पनि बाँड्नुभयो त्यो बैठकमा प्रस्तुत भएकोप्रस्ताव होइन

बैठकमा प्रस्ताव प्रस्तुत गर्ने हाम्रो विधि भिन्नै एउटा अध्यक्षलाई जानकारी नभइकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला तर अर्का अध्यक्षलाई जानकारी नै नदिइकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप अभियोगसहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो अरू साथीलाई पनि वितरण गर्नुभयो तर त्यो बैठकमाप्रस्तुत भएको प्रस्ताव होइन त्यसलाई विधिसम्मत प्रस्ताव भन्न मिल्दैन

त्यस सम्बन्धमा कमिटीमा छलफल आवश्यक त्यो प्रस्ताव भनेर जो वितरण भयो, त्यसपछि जुन अखवारबाजी गरियो यसो गर्नुउचित भयो कि भएन ? केही मतलबको कुरा भएन अखवारबाजी गर्नसमेत त्यसो गरिएको थियो त्यसमा केही साथीको संलग्नता सहमति भएको पनि जानकारी भयो त्यसो भएर यो विषय धेरै गम्भीर मैले अस्ति दुई कमरेडलाई बोलाएर कुरा गरेँ, वामदेवजीसँगकुराकानी गरेँ यसको छिनोफानो नभइकन, यी आरोपसहित, यी आरोप बोकी बोकीकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीकोजिम्मेवारीमा बस्न मिल्दैन यी आरोप या त्यसबाट बदर हुनुपर्‍यो तब प्रधानमन्त्री अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ त्यसोहोइन भने सदर हुनुपर्‍यो ती पद ती जिम्मेवारीबाट हट्नुपर्‍यो

यो हटाउने माग पहिलेदेखि आएकै थियो यसपटक हट्ने आधार यी हुन्, यसकारण हट्नुपर्छ भन्ने कुरा पनि आएको पहिलेजस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन, त्याग गर्नुपर्छ भन्ने कोटेड भाषा रहेको त्याग भन्ने शब्द त्यहाँराखिएको यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ यो आरोप या सदर ठहरिनुपर्‍यो अनि प्रधानमन्त्री अध्यक्ष हट्नुपर्‍यो योआरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्‍यो, यसको जवाफदेही लिनुपर्‍यो

बाहिर बजारमा हल्ला सुन्छु, बहुमत , अल्पमत , के , कसको कस्तो भन्ने कुरा खुबै सुन्छु मैले त्यस्तो फर्मल्ली देखेको छैन फर्मल्ली नदेखेसम्म त्यसलाई बहुमत, अल्पमत मान्ने कुरा पनि भएन अब यसमा जानुपर्ने हुन्छ

यसको मैले जवाफ तयार गरिसकेको छैन यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न छिनोफानो गर्न मात्रै बैठक हुनसक्छ यदि योसही भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ अर्को कुरा मैले भन्नुपर्छ, मलाई अध्यक्ष प्रधानमन्त्री दुईवटैबाट हटाउने तयारीपनि गरिएको , हट्न भनिएको पनि त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ ? विधि पद्धतिका कुरा के हुन्छन् ? सङ्गठनात्मक सिद्धान्तका कुरा के हुन्छन् ? त्यसमा एकपटक विचार गर्ने हो कि ? किनभने मैले हट्न भनेँ भने त्यसले अर्को वातावरणनिर्माण गर्नसक्छ

अर्को कुरा के हो भने अस्तिको प्रस्ताव नामक अभियोग पत्र आइसकेपछि यसअघिका हाम्रा सहमति, समझदारीको त्यसैले अन्त्यकोघोषणा गर्‍यो त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन अब पुराना सहमति कायम रहेको अवस्था नरहेकोहुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो हामीले एउटा नयाँ निकास खोज्नैपर्छ चाहन्छु मिलेर जाऔँ, मिलेर जान सकियोस्, पार्टीबचाउन सकियोस् पार्टीलाई एकतावद्ध राख्न सकियोस् के भन्छु भने, मिलेर मात्रै पार्टी बचाउन सकिन्छ लडेर पार्टी बच्दैन, जालझेल तिक्डम गरेर पार्टी बच्दैन गुटबन्दी गरेर पार्टी बच्दैन

सबै कुरामा पछि छलफल गरौँला आज त्यो लाञ्छना पत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोप, अभियोग, लाञ्छना, तिरस्कार, अपमान सबै खारेज गर्छु यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोप पत्रलाई पूर्णरूपमाअस्वीकार गर्छु त्यसको यथोचित जवाफ लिखित रूपमा नै प्रस्तुत गर्नेछु

मैले त्यो पत्रले परिस्थिति अलिक गम्भीर मोडमा पुर्‍यायो भनेर माधव कमरेडलाई भनेँ उहाँलेअँ धम्क्याउने ? धम्क्याएर कोही डराउँदैनभन्नुभयो अब डराउने खालको यहाँ कोही जस्तो लाग्दैन माधव कमरेड मात्रै नडराउने होइनन्, अरू पनि कोही डराउलान् जस्तोलाग्दैन कोही पनि डराउँदैनन्

यस्तै राजनीति गरेर आएका मान्छे कोही डराउलान् जस्तो लाग्दैन सबै शूरैशूरा हुँदा शूरै चाहिँ बुद्धिमत्तापूर्ण कति हुन्छ कति हुँदैन ? फेरि पनि विचार गर्न मेरो आग्रह अहिले अब बैठकमा जुन विषयमा छलफल हुनुपर्छ पहिले निष्कर्ष निस्किनुपर्छ त्यसो नगरिकनअगाडि जान सकिँदैन यही विषयमा छलफल गर्न तयारीमा पुगिसकेको छैन, मेरो जवाफ पत्र पनि तयार भइसकेको छैन मैले त्योपत्र मसिनोगरी हेर्नुपर्ने आवश्यकता

यत्ति हो कि मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु मैले पहिलेदेखि भन्ने गरेको छु, यो धम्क्याएको होइन यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छना जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु यसभन्दा अगाडि यसस्तरको भाषा, शैली आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, सायद अरू कसैको पनि थिएन कहिल्यै कसैले यस्ता आरोपलगाएको यस ढङ्गले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइन त्यो पत्र जुन मैले देखेको छु, त्यसमा जुनभाषा प्रयोग भएको , त्यसमा जुन आरोप लगाइएका छन् जुन लाञ्छना लगाइएका छन्, ती हल्का ढङ्गले लगाइएका रूपमा मैलेलिएको छैन

यो अवश्य नै अत्यन्त गम्भीरपूर्वक लगाइएको राजनीतिमा जुनसुकै कुरा आइपरे पनि सहन हुनुपर्ने नै हुन्छ ? जेलनेल, कुटाइ, यातना सबै भोगेर आएको छु लाठी, बुट, जुत्ता मैले भोगेर आएको छु ती सबै कुरा भोगिएको भने अँ, फेरि पनि कुनै परिस्थिति भोग्नमलाई कुनै कठिनाइ छैन त्यो पत्रका प्रस्तोता त्यसको पृष्ठभूमिमा रहेका साथीले कुन बाटोबाट जाने च्वाइस गर्नुस् अँ, त्यस्ता झुठा निकृष्ट लाञ्छना मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ तसर्थ आज बैठक अगाडि बढ्न सक्ने देख्दिनँ

त्यसमा बहस गर्न अहिले तयार छैन किनभने मेरो तयारी नै पुगेको छैन, बुँदा पुगेका छैनन् भन्ने कुरा भनिसकेको छु त्यसमा फेरि थपके भन्नु ? त्यसमा अरूको पानी चित्र देखेको छु नि ! त्यसमा यसो हेर्दा पानी चित्र आउँछ नि ! मैले कुरा गरेको छु सबै सुनेकोछु नि ! अहिलेलाई यत्ति नै धन्यवाद

(पार्टी सचिवालयको २०७७ मङ्सिर गते बालुवाटारमा सम्पन्न बैठकको अध्यक्षताकाक्रममा गरेको सम्बोधनको सम्पादित अंश हामीलेगोरखापत्र दैनिकबाट लिएका हौंसं.)

sp sp

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago