साउदी अरबमा १५ महिनादेखि ४ नेपालीको बिचल्ली, न काम न दाम !

दोहा : साउदी अरबमा १५ महिनादेखि नेपाली बिचल्लीमा परेका छन्

धन कमाउने मिठो सपना बोकेर रोजगारीका लागि साउदी पुगेका उनीहरु १५ महिनादेखि अलपत्र परेका हुन्

एजेन्टमार्फत पाँच बर्षअघि साउदीस्थित कवाबल कन्ट्याकटिङ कम्पनीमा पुगेका उनीहरू करार अवधि सकिएपछि पनि कम्पनीले घरनपठाएको बताउँछन्

कम्पनीले साउदीको आवासीय अनुमति पत्र (अकामा) पनि  नबनाइदिएको तथा काम गरेको पारिश्रमिक पनि नदिएको बिचल्लीमा परेकाअर्जुन थापा मगरले खबरहबलाई बताए ।(

सम्झौता अवधि सकिँदा पनि कम्पनीले घर नपठाएको भन्दै उनीहरूले एघार महिना अघि नै साउदी लेवर कोटमा उजुरी दिए तरअहिलेसम्म कुनै सुनवाई नभएको अर्का पीडित रूद्र बहादुर श्रेष्ठले बताए

ऋण काढेर बिदेश आइयो, यहाँ धन कमाउने कता हो कता खाने बस्नेसम्म टुंगो छैन,’ श्रेष्ठले भने, ‘सात महिना काम गरेकोपारिश्रमिक कम्पनीले दिएको छैन काम बिहिन भएर बसेकै १५ महिना भयो।

कम्पनीले पटक पटक पारिश्रमिक दिन्छु भोली दिन्छु भन्दै ढाँटेको उनीहरू बताउँछन् काम गर्ने करार अवधि सकिँदा पनि कम्पनीले घरनपठाइँदा आफूहरू गैरकानुनी हैसियतमा पुगेको श्रेष्ठले बताए

कम्पनीले उपलब्ध गराएको कोठा पनि छोड्न दवाब दिएको पानी तथा विद्युत पनि काटिदिँदा केही समय तनावमा गुजार्नु परेको उनीहरूबताउँछन्

कामका लागि पुनः सम्झौता पनि नगर्ने यसअघि काम गरेको पारिश्रमिक पनि नदिने कम्पनीले व्यवहारले आफूहरू बन्धकझैँ भएकोअलपत्र परेका मगरले गुनासो गरे

अहिले कम्पनी राम्रोसंग चलिरहे पनि लेवरकोटमा उजुरी दिएको कारण देखाएर आफूहरूलाई कम्पनीले काम पनि नदिएको तथा घर पनिनपठाएको उनीहरू बताउँछन्

साउदीस्थित नेपाली दूतावासमा समस्या दर्साउँदा दूतावासले पनि कागजात लिने बाहेकको काम नगरेको मगरले बताए

दूतावासले ह्वाट्सएपमार्फत हामीले लेवरकोटमा हालेको उजुरीको कागजात लियो, तर अहिलेसम्म त्यसको रेस्पोन्स गरेन,’ मगरले भने

लामो समयदेखि काम बिहिन हुँदा खान बस्नकै समस्या भएकाले उनीहरूले नेपाल सरकार, नेपाली दूतावास लगायतका निकायलाईअनुरोधसमेत गरेका छन्

नेपालीहरू अलपत्र परेको सूचनापछि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले समन्वय सुरू गरेको परिषद्का साउदी अरब अध्यक्ष तेज थापाका अनुसार  पीडितहरुसंग सम्पर्क गरिएको उद्धारको प्रकिया अघि बढाइएको ।(khabarhub.com बाट साभार)

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago