साउदी अरबमा १५ महिनादेखि ४ नेपालीको बिचल्ली, न काम न दाम !

दोहा : साउदी अरबमा १५ महिनादेखि नेपाली बिचल्लीमा परेका छन्

धन कमाउने मिठो सपना बोकेर रोजगारीका लागि साउदी पुगेका उनीहरु १५ महिनादेखि अलपत्र परेका हुन्

एजेन्टमार्फत पाँच बर्षअघि साउदीस्थित कवाबल कन्ट्याकटिङ कम्पनीमा पुगेका उनीहरू करार अवधि सकिएपछि पनि कम्पनीले घरनपठाएको बताउँछन्

कम्पनीले साउदीको आवासीय अनुमति पत्र (अकामा) पनि  नबनाइदिएको तथा काम गरेको पारिश्रमिक पनि नदिएको बिचल्लीमा परेकाअर्जुन थापा मगरले खबरहबलाई बताए ।(

सम्झौता अवधि सकिँदा पनि कम्पनीले घर नपठाएको भन्दै उनीहरूले एघार महिना अघि नै साउदी लेवर कोटमा उजुरी दिए तरअहिलेसम्म कुनै सुनवाई नभएको अर्का पीडित रूद्र बहादुर श्रेष्ठले बताए

ऋण काढेर बिदेश आइयो, यहाँ धन कमाउने कता हो कता खाने बस्नेसम्म टुंगो छैन,’ श्रेष्ठले भने, ‘सात महिना काम गरेकोपारिश्रमिक कम्पनीले दिएको छैन काम बिहिन भएर बसेकै १५ महिना भयो।

कम्पनीले पटक पटक पारिश्रमिक दिन्छु भोली दिन्छु भन्दै ढाँटेको उनीहरू बताउँछन् काम गर्ने करार अवधि सकिँदा पनि कम्पनीले घरनपठाइँदा आफूहरू गैरकानुनी हैसियतमा पुगेको श्रेष्ठले बताए

कम्पनीले उपलब्ध गराएको कोठा पनि छोड्न दवाब दिएको पानी तथा विद्युत पनि काटिदिँदा केही समय तनावमा गुजार्नु परेको उनीहरूबताउँछन्

कामका लागि पुनः सम्झौता पनि नगर्ने यसअघि काम गरेको पारिश्रमिक पनि नदिने कम्पनीले व्यवहारले आफूहरू बन्धकझैँ भएकोअलपत्र परेका मगरले गुनासो गरे

अहिले कम्पनी राम्रोसंग चलिरहे पनि लेवरकोटमा उजुरी दिएको कारण देखाएर आफूहरूलाई कम्पनीले काम पनि नदिएको तथा घर पनिनपठाएको उनीहरू बताउँछन्

साउदीस्थित नेपाली दूतावासमा समस्या दर्साउँदा दूतावासले पनि कागजात लिने बाहेकको काम नगरेको मगरले बताए

दूतावासले ह्वाट्सएपमार्फत हामीले लेवरकोटमा हालेको उजुरीको कागजात लियो, तर अहिलेसम्म त्यसको रेस्पोन्स गरेन,’ मगरले भने

लामो समयदेखि काम बिहिन हुँदा खान बस्नकै समस्या भएकाले उनीहरूले नेपाल सरकार, नेपाली दूतावास लगायतका निकायलाईअनुरोधसमेत गरेका छन्

नेपालीहरू अलपत्र परेको सूचनापछि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले समन्वय सुरू गरेको परिषद्का साउदी अरब अध्यक्ष तेज थापाका अनुसार  पीडितहरुसंग सम्पर्क गरिएको उद्धारको प्रकिया अघि बढाइएको ।(khabarhub.com बाट साभार)

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago