फाइल फोटो
काठमाडौं, मंसिर ४ । नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा आएको छ । पुर्व निर्धारित समय अनुसारनै कम्पनीले आजदेखि हकप्रद शेय बिक्रीमा ल्याएको हो ।
यसमा आगामी मंसिर २४ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीका अनुसार कात्तिक ५ गतेसम्म कायम शेयरधनीले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुले एक कित्ताा बराबर १ः२५ कित्ता शेयर पाउने छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको अंकित दरमा १६,९७,५०,६.२५ कित्ता हकप्रद बिक्रीमा ल्याएको हो । यस हकप्रदको शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। यस्तै, क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई ‘इक्राएनपि आइआर सी वान’ रेटिङ्ग प्रदान गरेको छ । हाल यस कम्पनीको चुक्तापुँजी रु. १३ करोड ५८ लाख ५०० हजार रहेको छ । हकप्रद बिक्री भएप्छि कम्पनीको चुक्तापुँजी ३० करोड ५५ लाख भन्दा बढी पुग्ने छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…