जनता कोरोनासंग लड्दै, गण्डकी प्रदेशका सांसद र पीएहरुका लागि ४१ लाख दसैं भत्ता बाँडिदै

पोखरा, ३ कात्तिक । गण्डकी प्रदेश सरकारले प्रदेशका सांसद तथा उनीहरुका पिएहरुलाई दसैं भत्ता स्वरुपको ४१ लाख रुपैया बाँडेकोे छ । कोरोनाको महामारी बढीरहेको र सरकारले जनतालाई जहाँ छौ त्यहि दशैं मनाऔं भन्दै आग्रह गरिरहेको बेला गण्डकी प्रदेश सांसदले भत्ता बापतको रकम बुझ्न लागिरहेका हुन ।

फाइल फोटो

सभामुख अधिकारीले बुझे ६१ हजार ४ सय ८० रुपैयाँ दर्सै भत्ता

प्रदेशका सांसद तथा उनीहरुका पीएलाई दसैं भत्ता भनेर तह अनुसारको भत्ता राखिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश सभा सचिवालयका अनुसार प्रति सांसद ५२ हजार रुपैया , सचेतकलाई ५४ हजार दुइ सय रुपैयाँ , प्रमुख सचेतक तथा संसदीय समितिका सभापतिहरुलाई ५६ हजार ८ सय ४० रुपैया खातामा राखिदिएको छ । त्यस्तै उपसभामुख तथा बिपक्षी दलको नेतालाई ५८ हजार रुपैयाको दरले चाडपर्व खर्च हालिदिएको छ । यता सभामुख नेत्रनाथ अधिकारीले ६१ हजार ४ सय ८० रुपैयाँ बुझेका छन ।

अधिकांश सांसदका पीए आफन्त नै , कसैका श्रीमति , कसैका छोराछोरी

सभामुख , उपसभामुख तथा सांसदहरुलाई गरी कुल २७ लाख चार सय ८० रुपैया चाडबाड शिर्षकमा खर्च भएको र बाँकी रकम उनीहरुका पीएको लागि खर्च हुने जनाइएको छ । त्यस्तै गण्डकी प्रदेशका प्राय सांसदले पीए आफन्त, छोराछोरी , श्रीमति ,भतिजा राखेका छन । उनीहरुले पनि दसैं भत्ता बुझ्ने भएका छन ।

आफन्तहरु स्वकीय सचिव तथा पीए राख्नेहरुमा सभामुख नेत्रनाथ अधिकारीले श्रीमतिलाई स्वकीय सचिव राखेका छन । तनहुँकी सांसद आशा कोइरालाले आफ्नी छोरी अस्मीता खनाललाई , धनञ्जय दवाडीले श्रीमति सर्वदा पौडेललाई, डोबाटे बिश्वकर्माले छोरा होमबहादुरलाई स्वकिय सचिवमा नियुक्त गरेका छन ।

त्यस्तै मित्रकुमारी गुरुङ्ग सुवेदीले छोरी भावना सुवेदी , लक्ष्मी सुनारले छोरा सुक्रिव , बिष्णुप्रसाद लामिछानेले भतिजा गोविन्दराज लामीछानेलाई , हरिशरण आचार्यले भाई रविन आचार्यलाई , दीपक थापाले छोरा सागरलाई राखेका छन ।

त्यस्तै चन्द्रबहादुर बुढाले छोरी एलिसालाई दिलमाया रोकामगरले श्रीमान कर्णबहादुर गौतमलाई तथा मोहनप्रसाद रेग्मीले भतिज सञ्जीवलाई पीएमा नियुक्त गरेका छन । पीए तथा सचिवमा नियुक्ति पाएकाहरुलाई चाडबाड खर्च वापत १३ लाख ९९ हजार रुपैया भुक्तानी भएको छ ।

दसैं भत्ताका कारण गण्डकी प्रदेश सरकारको चर्को आलोचना

यसरी प्रदेश सभा सचिवालयले लाखौ रुपैया बिनियोजन गरेर दसैं मनाउने तरखरमा सांसद तथा उनीहरुका पीएहरु तयारी गरिरहेका छन । यता सामान्य नागरिकलाई भने दशैं भन्दा कोरोनाको चिन्ताले सताएको छ । महिनौसम्म ब्यापार ब्यवसाय ठप्प भएको कारण तथा अफिस तथा कारखाना बन्द भएको कारण सामान्य नागरिकले दसैंको खर्च जोहो गर्न हम्मेहम्मे हुने भएको भन्दै चिन्ता गरिरहेका छन ।

सरकारले दसैं भत्ता वापतको रकम मन्त्री सांसद तथा पीएलाई दिएको र कोरोनाको चिन्ता छोडेर दसैंको तयारीमा लागेको भन्दै सरकारको चर्को आलोचना भैरहेको छ ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago