इन्टरनेट कम्पनी र प्राधिकरणको लापरवाहीले आतङ्कित बन्दै विद्यार्थी

अनलाइन कक्षामा सहभागी हुँदै आएकी सूर्यविनायक बालकोटस्थित माउण्ट भ्यू इङ्लिस स्कुलकी १० कक्षाकी छात्रा दिप्सोनागिरीको परीक्षा नै छुट्यो दिउँसो बजे विद्युत् प्राधिकरण थिमि शाखाले विनासूचना विद्युत् लाइन काटेपछि परीक्षा दिँदै गरेकी छात्राकोपरीक्षा नै अड्कियो

हतारहतार मोबाइलबाट डाटा चलाउन खोज्दा पैसा काटियो तर डाटा स्लो हुँदा उनको आधा परीक्षा छुट्यो बजे विद्युत् आएपछिहतारहतारमा परीक्षामा बसेकी उनको समय सकिएको जानकारी गराउँदै स्कुलले परीक्षा रोकिदियो

चार दिनदेखि अनलाइन माध्यमबाट परीक्षा शुरु गरेको विद्यालयले आपत्कालीन अवस्थाका लागि अतिरिक्त व्यवस्था नगर्दा परीक्षाछुटेपछि छात्रा गिरी मात्रै होइन धेरै विद्यार्थी मानसिक तनावमा परेका छिन् विद्यालयलाई विद्युत् गएर परीक्षा रोकिएको जानकारीगराउँदा सिस्टममै निर्धारित समयभन्दा बढी गए आफैँ काटिने भएकाले विद्युत् गए पनि परीक्षामा सहभागी हुन नपाउने जवाफ दिएकोअभिभावक बताउँछन्

यो एउटा उदाहरण मात्रै हो, अचेल अनलाइन कक्षाका बहानामा विद्यालयलाई शुल्क उठाउन सजिलो भए पनि इन्टरनेट प्रदायक कम्पनी विद्युत् प्राधिकरणको लापरवाहीका कारण अनलाइन कक्षामा सहभागी अधिकांश विद्यार्थी मानसिक तनावमा परेका छन् कक्षा लिँदाहोस् वा परीक्षा दिँदा बेलाबेलामा झ्याप्प झ्याप्प विद्युत् प्रवाह बन्द हुने जुनसुकै कम्पनीका इन्टरनेट पनि अति स्लो हुने गर्दा अनलाइनकक्षामा अध्ययनरत विद्यार्थी थप मानसिक तनावमा परेका छन्

कक्षा १० मा अध्ययन गर्दै गरेका मध्यपुरथिमि कौशलटारका आयुश शर्माका पिता रामेश्वर शर्माले बेलाबेलामा विद्युत् आपूर्ति बन्द हुने इन्टरनेट अति स्लो हुने भएकाले विद्यार्थीको पढाइ प्रभावकारी नभएको बताउनुहुन्छ पछिल्लो समयमा विद्यालयले पूरा शुल्क लिने तरविद्यार्थीले सहज पढ्न नपाउने समस्या गुनासो सबै अभिभावकसँग भएको उहाँको भनाइ अनलाइन कक्षा सञ्चालन भएकाविद्यार्थीका अधिकांश घरमा कुनै कुनै कम्पनीका ४० देखि ६० एमबीसम्मका इन्टरनेट राखे पनि सबैले इन्टरनेट स्लो हुने गरेको गुनासोगर्ने गरेको बताउँछन्

इन्टरनेट कम्पनीले शुल्कअनुसारको सेवा नदिएर ठगी गर्दा पनि कारवाही नहुनु विडम्बना भएको बताउनुहुन्छ, उपभोक्ता मञ्च भक्तपुरकाअध्यक्ष मनोज थापा ठगी गर्नेलाई कारवाहीमा ल्याउनु सरकारको दायित्व हो तर सरकारको यसमा ध्यान जान सकेको छैन”, उहाँलेभन्नुभयो

मध्यपुरथिमि नगरपालिका लोकन्थलीकी सुरुची कार्कीको गुनासो पनि उस्तै कक्षा १० मा अध्ययनरत  उनी बेलाबेलामा झ्याप्पझ्याप्प जाने बत्ती अति स्लो हुने इन्टरनेटका कारण पढाई प्रभावकारी नभएको बताउनुहुन्छ उहाँ भन्नुहुन्छ, “अनलाइन कक्षाका लागिनयाँ ल्यापटप ल्याइयो, घरमा ६० एमबीको इन्टरनेट जोडियो, केही दिन ठिकै थियो, अहिले बेलाबेलामा बत्ती जाने इन्टरनेट अतिस्लो हुने गर्दा पढ्नै सकिएन, खै कसरी एसइई परीक्षा दिन सकिएला ?”

विशेषगरी कक्षा १० मा अध्ययनरत विद्यार्थी पछिल्लो समयमा निकै मानसिक तनावमा परेका छन् सरकारले एसइईको परीक्षा कसरीसञ्चालन गर्ने हो भन्ने टुङ्गो लागेको छैन, अनलाइन कक्षाका नाममा विद्यालयले वैशाखदेखि साउनसम्मको आधा शुल्क साउनदेखि पूरैशुल्क लिएर अनलाइनबाट पढाइरहेका छन् तर पढाइ प्रभावकारी नहुँदा विद्यार्थी मारमा छन्

अनलाइनमा पढ्दा कहिले सर्भर ह्याङ हुने समस्या छँदैछ, अधिकांश विद्यार्थी अभिभावकको गुनासो पढाइको गुणस्तरीयतामा पनिकमी आएको अधिकांश विद्यालयका अनलाइन कक्षामा एउटै विषयमा फरक दिनमा फरक शिक्षक आउने भए पनि विद्यार्थी झनअन्यौलमा पर्ने गरेको अभिभावकदेखि विद्यार्थीसम्मको गुनासो

विद्यालयले तलब नदिएकै कारण धेरै विद्यालयका शिक्षकले छाडेपछि अचेल अधिकांश विद्यालयले एउटै शिक्षकबाट फरकफरकविषयको अध्यापन गराइरहेका छन् सरकारले अनलाइन कक्षाको नियमन नगर्दा, स्थानीय सरकारले बेवास्ता गर्दा अभिभावकसङ्घले चासो नदिँदा शुल्क उठाउन पाएपछि विद्यालय सञ्चालक शान्त बने पनि विद्यार्थी अभिभावक भने सधैँ तनावमा रहने गरेका छन्

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago