मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र पाठशाला बन्दै

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका स्थित प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र माछापालन गर्नेव्यवसायिक किसानहरूका लागि पाठशालाको रूपमा स्थापित भएको   

केन्द्रले नेपाली बजारमा वार्षिक उपलब्ध हुने माछामध्येभण्डै रू दुईअर्ब मूल्य बराबरको सात हजार पाँचसय मेट्रिकटन खाने माछा उत्पादनमा प्रत्यक्ष भूमिका निर्वाह गर्दै आएको माछापालक किसानहरूका लागि सहुलियत मूल्यमा माछाको भुरा उपलब्ध गराउने, किसानहरूलाई आवश्यकताअनुसार प्राविधिक ज्ञान सिपबारे जानकारी दिने साथै माछापालन व्यवसाय गर्न  माछापोखरी तयार गर्नेदेखि बजारीकरण गर्ने कार्यमा केन्द्रले सहजीकरण गर्दैआएको  

माछापालनमा रुचि राख्ने किसानहरूलाई व्यावसायिक रूपमा प्रबद्र्धन गर्नका लागि विविध कार्य पनि गर्दै आइरहेको केन्द्रका प्रमुख एवंवरिष्ठ मत्स्य विकास अधिकृत नारायण गिरीले जानकारी दिनुभयो  ।छिमेकी देश भारतमा माछाको व्यावसायिक उत्पादन गर्दै आएकालेनेपालमा पनि माछाको व्यावसायिक उत्पादन गर्नुपर्छ भनेर हेटौंडामा वि.. २०२४ मा व्यावसायिक माछापालन केन्द्र स्थापना गरिएकोथियो ।स्थापना कालमा माछाको उत्पादन बिक्रीमा मात्र केन्द्रीत उक्त केन्द्रले पछि भने मत्स्य विकास केन्द्रको रूपमा ह्याचरीमार्फतभुराहरू समेत उत्पादन गरेर बिक्री वितरण गर्न थाल्यो

उक्त केन्द  सङ्घीयता कार्यान्वयनसँगै   हाल  प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्रको रूपमा परिणत भएको

   फोटो फाइल
करिव
७२ बिघा अर्थात ४७.०९ हेक्टर क्षेत्रफलमा फैलिएको सो केन्द्रमा हाल साना ठूला गरी ४३ वटा पोखरी छन्

माछाका प्रजातिको  अध्ययन , अनुुसन्धान तथा उत्पादनसमेत गर्नाका साथैै ब्यावसायिकरूपमा माछा पालन व्यवसायीलाईसहजीकरण गर्ने उद्देश्य लिइएको सो केन्द्रमा माछा पालन तथा भुरा उत्पादन गर्ने माछाबारे थप अनुसन्धान  पनि गर्ने गरिन्छ

केन्द्रले बारा, पर्सा, रौतहट, मकवानपुरलगायत जिल्लामा  सञ्चालनमा रहेका विभिन्न साइज एवं आकारका एक हजार ५०० हेक्टरक्षेत्रफलको माछा पोखरीका लागि वार्षिक रूपमा करिब करोड वटा सबै प्रकारको माछाका भुरा आपुर्ति गरिरहेको   भुराकोमाध्यमबाट वार्षिक एक हजार पाँचसय कृषकलाई माछा पालन गर्न सहयोग पुग्नाका साथै  वार्षिक  सात हजार पाँचसय मेट्रिकटन खानेमाछा उत्पादनमा योगदान पुगेको केन्द्रको तथ्याङ्क

हाल उक्त केन्द्रले बारा, पर्सा रौतहट तथा मकवानपुरका पाँच हजार माछापालक कृषकलाई सेवासँगै टेवा पनि पु¥याउदै आएको   माछापालक कृषकहरूले करिव रू एक अर्ब ८७ करोड ५० लाख बराबरको कूल माछा उत्पादन गरेर प्रतिपरिवार कृषकले सरदर रू पाँचलाख वार्षिक  खुद मुनाफा गर्दै आएकोे केन्द्रको अनुमान  

यसवाहेक केन्द्रले बेला बेलामा खानाका लागि तयार गरिएका ठूला माछाहरू सहुलियतदरमा समेत विक्री गर्ने गरेका कारण सर्वसाधारणउपभोक्ता व्यवसायीहरूको केन्द्रमा माछा खरिद गर्न  घुइँचो लाग्ने गर्दछ

तराईकोभन्दा चिसो पानी हुने हुँदा यहाँको माछा स्वादिलो भएकै कारण माछा निकाल्ने बेला माछा किन्न अघिल्लै दिनदेखि विशेष कुपन(टोकन) लिएर लाम लाग्नुपर्ने हुन्छ सामान्य बजारको माछाभन्दा ताजा हुने सस्तो अनि चिसो पानिमा हुर्किएको माछा स्वादिलोसमेतहुने भएकोले यहाँ माछा निकाल्दा लाइन लागेरै भएपनि माछा किन्ने गरेको हेटौंडा का अनिल उप्रेतीले बताउनुभयो ।प्राविधिक सेवा टेवा प्राप्त गरिरहेका कृषकहरूले बारा पर्सा तथा रौतहट जिल्लाबाट उत्पादन हुने गरेको छडी तथा ताजा जिउदो माछाले देशलाईमाछामा आत्मनिर्भर हुनमा  योगदान पु¥याउदै आएको केन्द्रले जनाएको    

केन्द्रले  एक दुई दिनका साना (जिराको दाना जत्रो)  , एक इन्च ,  हातका औंला आकारका भुराहरू  वार्षिक करिव करोड थान  विभिन्न प्रजातिका माछाका भुराहरू विक्री  वितरण गर्ने गरेको   अब माछा पालन व्यवासाय गर्दा समयसापेक्ष, प्रविधिमैत्री आधुनकीकरणतर्फ जोड दिनुपर्ने केन्द्रका प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधिकृत गिरीले जानकारी दिनुभयो  ।केन्द्रले आफ्नो हालकाप्राकृतिक जालाशयका कार्यक्रमतर्फ मत्स्य बीज उत्पादनतर्फ  ह्याचलिङ्ग(जिरा आकारका) पाँच करोडभन्दा बढी, फ्राई(पाँचदेखि १०ग्रामका) २५ लाखभन्दा बढी फिङ्गरलिङ्ग(औंलाका आकारका) १३ लाखभन्दा बढी उत्पादन गर्ने लक्ष्य सहित मत्स्य पालन गर्नमा  सहजीकरण गर्ने , सिपमूलक तालिमको व्यवस्था गर्दै माछा मारी जिविकोपार्जन गर्ने समुदायको जीवनस्तरसमेत उकास्न मद्धत पु-याउने, प्रकाकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्रको रूपमा काम गर्दै आएको ।हाल विभिन्न पदका १६ जना कर्मचारीकोदरवन्दी रहेको यस केन्द्रमा आठ कर्मचारी कार्यरत छन्   

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago