प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम(पूर्व)मा करीब चार हजार  बेरोजगार सूचीकृत भएका छन् आर्थिक वर्ष २०७७÷०७८ कालागि जिल्लाका तीन गाउँपालकाबाट  चार हजार १६७ व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएकाहुन्

सरकारले गत साउन देखि भदौ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेरसमूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।तोकिएको समयावधिभित्र फाराम भरेकाबाट वडासमिति, स्थानीय निर्देशक समिति कार्यपालिकाबाट वास्तविक बेरोजगार छानिई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृतगरिएको हो

सबैभन्दा बढी पुथाउत्तरगङ्गा गाउँपालिकाबाट एक हजार ८४३  बेरोजगार सूचीकृत भएको गाउँपालिकाका रोजगार संयोजक अनिताभुसालले बताउनुभयो यस्तै सिस्ने गाउँपालिकाबाट एक हजार ६०६  बेरोजगार सूचीकृत भएको सिस्ने गाउँपालिका रोजगार संयोजकसुशीलाकुमारी सिंहले जानकारी दिनुभयो   सबैभन्दा कम भूमे गाउँपालिकाबाट ७१८  बेरोजगार सूचीकृत भएका छन् सूचीकृतलाईक्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाले जनाएका छन्

विपन्नको खुशी

  सिस्ने  को एक विपन्न परिवारको नयाँ घर बनेको विदेशमा रहेका युवाको सहयोगमा सिस्ने नाथीगाडकी शान्तिदेवीविकको घर निर्माण भएको हो

गत भदौ ११ गते आएको हावाहुरीले विकको घरको छाना उडाइदिनाका साथै घर नै भत्किएको थियो अहिले छिमेकीका घरमा आश्रयलिएर बसिरहनुभएकी विकको घर अमेरिका भारतमा रहने ४९ युवाको सहयोग स्थानीयवासीको रु ३० हजार बराबरकोजनश्रमदानबाट निर्माण गरिएको

सिस्ने का हाल अमेरिकामा रहनुभएका प्रेम रावतका नेतृत्वमा सङ्कलित रु चार लाख ४५ हजारले विकको नयाँ घर निर्माण भएको विदेशमा सङ्कलित रकम सिस्ने कै लालीगुराँस युवा विकास केन्द्रमा आएको थियो आफ्नो संस्थामार्फत नै विकको नयाँ घरनिर्माण गरिएको  केन्द्रका सचिव भूपेशकुमार पुनले बताउनुभयो

विकको परिवारका लागि जस्तापाताको छाना भएको घर निर्माण गरिएको शौचालय बाँकी रहेको बताइएको उक्त घरगाउँपालिकाका अध्यक्ष कुमारी बराल उपाध्यक्ष गोबर्धन बुढाले विकलाई हस्तान्तरण गर्नुभएको छिमेकीका घरमा आश्रय लिएरबस्दै आउनुभएका विक नयाँ घर पाएपछि खुशी हुनुहुन्छ

आफूसँग नागरिकता नभएका कारण सरकारी सेवा सुविधा उपयोग गर्न नपाएको विकको गुनासो देश बाहिर रहेका युवाकोसहयोगले एक विपन्न परिवारको बास जोडिएपछि सहयोगीदाताको परिवारलाई  गाउँपालिका अध्यक्ष बरालले सम्मान गर्नुभयो

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago