प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम(पूर्व)मा करीब चार हजार  बेरोजगार सूचीकृत भएका छन् आर्थिक वर्ष २०७७÷०७८ कालागि जिल्लाका तीन गाउँपालकाबाट  चार हजार १६७ व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएकाहुन्

सरकारले गत साउन देखि भदौ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेरसमूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।तोकिएको समयावधिभित्र फाराम भरेकाबाट वडासमिति, स्थानीय निर्देशक समिति कार्यपालिकाबाट वास्तविक बेरोजगार छानिई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृतगरिएको हो

सबैभन्दा बढी पुथाउत्तरगङ्गा गाउँपालिकाबाट एक हजार ८४३  बेरोजगार सूचीकृत भएको गाउँपालिकाका रोजगार संयोजक अनिताभुसालले बताउनुभयो यस्तै सिस्ने गाउँपालिकाबाट एक हजार ६०६  बेरोजगार सूचीकृत भएको सिस्ने गाउँपालिका रोजगार संयोजकसुशीलाकुमारी सिंहले जानकारी दिनुभयो   सबैभन्दा कम भूमे गाउँपालिकाबाट ७१८  बेरोजगार सूचीकृत भएका छन् सूचीकृतलाईक्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाले जनाएका छन्

विपन्नको खुशी

  सिस्ने  को एक विपन्न परिवारको नयाँ घर बनेको विदेशमा रहेका युवाको सहयोगमा सिस्ने नाथीगाडकी शान्तिदेवीविकको घर निर्माण भएको हो

गत भदौ ११ गते आएको हावाहुरीले विकको घरको छाना उडाइदिनाका साथै घर नै भत्किएको थियो अहिले छिमेकीका घरमा आश्रयलिएर बसिरहनुभएकी विकको घर अमेरिका भारतमा रहने ४९ युवाको सहयोग स्थानीयवासीको रु ३० हजार बराबरकोजनश्रमदानबाट निर्माण गरिएको

सिस्ने का हाल अमेरिकामा रहनुभएका प्रेम रावतका नेतृत्वमा सङ्कलित रु चार लाख ४५ हजारले विकको नयाँ घर निर्माण भएको विदेशमा सङ्कलित रकम सिस्ने कै लालीगुराँस युवा विकास केन्द्रमा आएको थियो आफ्नो संस्थामार्फत नै विकको नयाँ घरनिर्माण गरिएको  केन्द्रका सचिव भूपेशकुमार पुनले बताउनुभयो

विकको परिवारका लागि जस्तापाताको छाना भएको घर निर्माण गरिएको शौचालय बाँकी रहेको बताइएको उक्त घरगाउँपालिकाका अध्यक्ष कुमारी बराल उपाध्यक्ष गोबर्धन बुढाले विकलाई हस्तान्तरण गर्नुभएको छिमेकीका घरमा आश्रय लिएरबस्दै आउनुभएका विक नयाँ घर पाएपछि खुशी हुनुहुन्छ

आफूसँग नागरिकता नभएका कारण सरकारी सेवा सुविधा उपयोग गर्न नपाएको विकको गुनासो देश बाहिर रहेका युवाकोसहयोगले एक विपन्न परिवारको बास जोडिएपछि सहयोगीदाताको परिवारलाई  गाउँपालिका अध्यक्ष बरालले सम्मान गर्नुभयो

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago