पाल्पा । पहिरो पन्छाएर एकतर्फी खुलेको सिद्धार्थ राजमार्ग तीन घन्टा नबित्दै पुन: अबरुद्ध भएको छ । शुक्रवार राती देखि अबरुद्ध भएको राजमार्ग ४३ घण्टा पछि आइतबार अपरान्ह ५ बजे खुलेको थियो । तानसेन ८, गौडेपुल नजिक खसेको पहिरो रोकिएपछि यातायात सुचारु भएको थियो । अहिले साेही स्थानमा पहिराे गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
राजमार्गको तानसेन बुटवल सडकमा दिनहुँ पहिरो खस्दा जोखिम बढ्दै गएको छ । राजमार्गको गौडेपुल, कालीमाटी, दोभान र सिद्धबाबा क्षेत्रमा दिनहुँ खस्ने पहिरोको कारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन ।
अबरुद्ध सडकमा निरन्तर पानी परिरहेको ले रातिमा सडकमा काम गर्न जोखिम हुने भएकाले अबरुद्ध भएको बाटो खुलाउन नसक्ने पाल्पा प्रहरीको भनाइ रहेको छ । सुरक्षालाई ध्यानमा राखेर पाल्पा प्रहरीले राती ८ देखि बिहान ६ बजे सम्म उक्त सडकमा रातिमा यात्रा गर्न रोक लगाइएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…