अबरुद्ध सिद्धार्थ राजमार्ग ४३ घन्टा पछि खुल्यो

पाल्पा । धुले पहिरोले अबरुद्ध भएको सिद्धार्थ राजमार्ग ४३ घण्टा पछि खुलेको छ । तानसेन–बुटवल सडकखण्ड अन्तर्गत गौडेपुल नजिकै गएको पहिरो निरन्तरको प्रयास पछाएपछि एकतर्फी रुपमा सवारी संचालन भएको छ ।
पाल्पाको तानसेन नगरपालिका, डुम्रे र गौडेखोला बीचमा शुक्रबार बिहानदेखि सडकमा पहिरो खसेकामा दुबैतर्फ पहिरो पन्छाएर सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिए । ढुंगा माटो पन्छाउन डोजर, एक्स्काभेटर र लोडर प्रयोग गरिएको थियो । निरन्तर रुपमा खसेको पहिरोले अबरुद्ध भएको बाटोको पहिरो पन्छाउन समस्या भएको थियो । घाम लागेको बेला अथवा पानी परेको बेला जुनसुकै समयमा पहिरो निरन्तर खस्ने गरेकाले यो क्षेत्रमा यात्रा गर्नु निकै जोखिम बढेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago