सेयर बजारमा निकै उत्साह देखियो ।

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले सेयर बजारमा उछाल आएको छ। मौद्रिक नीतिले दिएको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका छन्।

आइतबार सेयर बजारमा अनियन्‍त्रित  वृद्धि भएपछि तीनपटकसम्म सर्किट ब्रेक लगाउनुपरेको छ। बजार खुलेको छ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत बढेपछि पहिलो सर्किट लागेर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो। त्यसपछि खुलेको बजार १ मिनेट पनि टिक्‍न सकेन । एक मिनेटमै एक प्रतिशत बढेपछि फेरि दोस्रो सर्किट लागेको थियो। चालिस मिनेटका लागि स्थगित बजार फेरि खुल्‍नसाथ उछाल आएपछि तेस्रोपटक सर्किट लागेर आइतबारका लागि बन्द भएको छ।

 

आइतबार बजार जम्मा ८ मिनेट २७ सेकेन्डमात्र कारोबार भएको छ। बजार ६% ले बढेपछि १२ बजेर ८ मिनेट जाँदा  कारोबार बन्द भएको हो। नेप्से सूचक ८४.२६ अंकले बढेर १४७९.०३ विन्दुमा आइपुगेको छ। १११ कम्पनीको ६ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १ लाख ८० हजार ५९६ कित्ता सेयर कारोबार भएको छ । 

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा पुँजी बजारलाई राहत दिने गरी सेयर धितो कर्जाको सीमा बढाइएको छ। आइतबारको कारोबारमा गुँरास लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार बन्द भएको छ।

केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा बढाएर ७०% पुर्‍याइको छ । यसअघि सेयर धितो कर्जा राखेर ६५% सम्म मात्र कर्जा पाइने गरेको थियो । लगानीकर्ताको माग बमोजिम ५% बढाएर ७०% पुर्याएको हो ।

यसैगरी, १८० दिनको औसत मूल्यांकन अवधिलाई  घटाएर १२० दिनमा झारिएको छ। यसले पुँजी बजारका लगानीकर्ताले सेयर धितो कर्जा अब पहिलेभन्दा बढी पाउनेछन् । यसले सेयर बजार सुधारमा  सहयोग पुग्‍ने लगानीकर्ताहरुले गरेका छन्। 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago