सेयर बजारमा निकै उत्साह देखियो ।

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले सेयर बजारमा उछाल आएको छ। मौद्रिक नीतिले दिएको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका छन्।

आइतबार सेयर बजारमा अनियन्‍त्रित  वृद्धि भएपछि तीनपटकसम्म सर्किट ब्रेक लगाउनुपरेको छ। बजार खुलेको छ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत बढेपछि पहिलो सर्किट लागेर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो। त्यसपछि खुलेको बजार १ मिनेट पनि टिक्‍न सकेन । एक मिनेटमै एक प्रतिशत बढेपछि फेरि दोस्रो सर्किट लागेको थियो। चालिस मिनेटका लागि स्थगित बजार फेरि खुल्‍नसाथ उछाल आएपछि तेस्रोपटक सर्किट लागेर आइतबारका लागि बन्द भएको छ।

 

आइतबार बजार जम्मा ८ मिनेट २७ सेकेन्डमात्र कारोबार भएको छ। बजार ६% ले बढेपछि १२ बजेर ८ मिनेट जाँदा  कारोबार बन्द भएको हो। नेप्से सूचक ८४.२६ अंकले बढेर १४७९.०३ विन्दुमा आइपुगेको छ। १११ कम्पनीको ६ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। १ लाख ८० हजार ५९६ कित्ता सेयर कारोबार भएको छ । 

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा पुँजी बजारलाई राहत दिने गरी सेयर धितो कर्जाको सीमा बढाइएको छ। आइतबारको कारोबारमा गुँरास लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर कारोबार बन्द भएको छ।

केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा बढाएर ७०% पुर्‍याइको छ । यसअघि सेयर धितो कर्जा राखेर ६५% सम्म मात्र कर्जा पाइने गरेको थियो । लगानीकर्ताको माग बमोजिम ५% बढाएर ७०% पुर्याएको हो ।

यसैगरी, १८० दिनको औसत मूल्यांकन अवधिलाई  घटाएर १२० दिनमा झारिएको छ। यसले पुँजी बजारका लगानीकर्ताले सेयर धितो कर्जा अब पहिलेभन्दा बढी पाउनेछन् । यसले सेयर बजार सुधारमा  सहयोग पुग्‍ने लगानीकर्ताहरुले गरेका छन्। 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago