भविन्द्र गौतम, पाल्पा । दिन प्रतिदिन कोरोना संक्रमण बढेसङ्गै पाल्पामा धेरै संख्यामा स्वाव परिक्षण गरिदै छ । भारतीय भुमीबाट धमाधम नेपाली श्रमिकहरु पाल्पा भित्रिन थालेपछी स्वाव परिक्षण तिव्रता दिईएको हो । सोमवार मात्र पाल्पामा ४१ जनाको स्वाब परिक्षणको लागी नमुना संकलन गरिएको हो ।
तानसेनको क्वारेन्टाइनमा सुरक्षा प्रदान गर्दै आएका सुरक्षाकर्मी, भान्से तथा भारतबाट हालै नेपालमा आएका व्यक्ति र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिहरुको स्वाव संकलन गरिएको हो ।
जिल्ला स्थित कोरोना रोकथाम नियन्त्रण समितीको बैठकले जेठ १ गते भारत बाट नेपालका सबै जना, जिल्ला स्थित सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुको अनिवार्य स्वाव परिक्षण गर्ने निर्णय अनुरुप स्वाव परिक्षण लाई तिव्रता दिएको हो ।
पाल्पामा स्वाव परिक्षण तिव्रता दिने निर्यण संगै हालै जिल्लामा १५० वटा स्वाव संकलन किट, ६४० वटा आरडिटी किट जिल्लामा आएको छ । हाल भारत तथा जिल्ला बाहिर बाट आएका ७८ जना क्वारेन्टाइनमा बस्दै आएका छन । जेठ २ गते बसेको सर्वदलिय सर्वपक्षिय बैठकले भारत बाट नेपाली श्रमिकहरु जिल्ला भित्रीने क्रम शुरु भएकोले कोरोना रोकथामको लागी १२० वटा आइसोलेसन बेड र ३ हजार वटा वारेन्टाइन वेड निर्माण गर्न पालिकाहरु लाई निर्देशन दिएको छ । पालिकाहरुले प्रत्येक दिन भारतबाट आउने व्यक्तिको विवरण जिल्ला प्रशासन कार्यालयमा अपडेट गराउनु पर्ने, लुकिछिपी तथा पैदल आउने व्यक्तिहरु लाई रोक्न पालिका स्तरमा निगरानी समुह खटाउने निर्यण समेत गरेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…