तिनाउ गाउँपालिका द्वारा दोस्रो चरणको राहत वितरण

सन्ताेष गहतराज
६ बैशाख, पाल्पा । कोरोना भाइरसको जोखिम बढेसंगै लकडाउनको समय थप भएपछी पाल्पाको तिनाउ गाउँपालिकाले दोश्रो चराणको राहत बितरणको तयारी गरेको छ । लामो समय लकडाउन भएपछी हातमुख जाेड्न समस्या परेका अति विपन्न, एकल महिला तथा अपाङ्ग घरपरिवारलाई दोस्रो चरणको राहत स्वरुप ६ लाख बराबरको खाधान्न वितरण गरेको गाउँपालिकाले जनाएकाे छ । पहिलो चरणमा ४ लाख ५० हजार बराबरको खाद्यान्न राहत स्वरुप गाउँपालिकाले बितरण गरेको थियो ।

विपन्न परिवार खाद्यान्न विवरण गदै स्थानीय सरकार

तिनाउ गाउपालिका चुनढुङ्गा खानी प्रचुर मात्रामा । गाउँपालिकाले खडा गरेको राहतकाेषमा अर्घाखाँची सिमेन्ट प्रालिले २ लाख ५० हजार बराबरको सामाग्री सहयोग गरेकाे छ । वडा न ६ का व्यवसायी दिनेश रेग्मीले ५ क्विन्टल चामल र अन्य सामाग्री सहयाेग गरेका छन यस्तै वडा न १ काे कचलमा काम्लेटारी सामुदायिक बन उपभोक्ता समुहले ९४ हजार, मसिना सामुदायिक बन उपभोक्ता समूहले १ लाख ८४ हजार, वडा न २ को दाेभान ढाचखाेला सामुदायिक वन उपभोक्ता समितिले ८५ हजार, शृजनशिल सामुदायिक बनले ८५ हजार बराबरको खाधान्न, वडा न ३ झुम्साकाे खुलखुलेसा सामुदायिक बनले ५४ हजार र अन्य सामुदायिक वन उपभोक्ता समितिले अाफनाे क्षेत्रमा, सर्वाेतम सिमेन्ट प्रालिले कचंल क्षेत्रमा र केही चुनखानीले आफ्नो क्षेत्रमा रहेेेका स्त्थानीय लाई राहत सहयोग गर्ने प्रतिबद्वता जनाएका छन । सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अबकाे राहत वितरण न्यायगत संगत रूपमा गर्न वडा समितिलाई निर्देशन गरेको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले जानकारी दिनुभयो । केही मगर र बाहुन जातिहरुका साथ ५० घर धुरी दलित बस्ति रहेको वडा नम्बर २ को खुर्सानेमा सामाजिक दुरी कायम गर्दै राहत बितरणको लागि शनिबार छलफल भएको छ भने अतिबिपन्न परिवार छनौट गर्दै कोरोना संक्रमण सम्बन्धी स्थानीय लाई सचेतना सहित केही नभएका बिपन्नले मात्रै राहत लिनेहो भन्दै स्थानीय छलफलमा जुटेको गाउँपालिकाले जनाएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago