{"subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1586595798221","source":"other","origin":"gallery","sources":["323085214203211"],"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1587225345554"}
लक्ष्मण चौलागाईं “विद्रोही “ । सुरु गरौं नेपालमा छिटो सेलाउने वस्तुहरु बाट !तातो पानी र तातो फलाम त सारा दुनियाँभरी सेलाउछ सबैलाई थाहा छ तर नेपालमा निर्मलाको हत्याकाण्ड सेलायो ,माया विकको हत्याकाण्ड सेलायो ,तेत्तीस किलो सुनको तस्कर पार्टी एकता पछि गायब भयो ,केही दिन राष्ट्रपतिका हेलिकप्टर सामाजिक सन्जालभरी उडे,कतिपय गरिब जनता उक्त न्युज सुनेर छक्क पनि परे अनि त्यो पनि सेलायो ।
त्यसपछि ४ अर्ब ३५ करोड ५६ लाखका वाइड्बडीहरु गरम हुँदै आए ति सबै विप्लव नेकपाको प्रतिबन्ध संगै सेलाइसके । हाल ती वाइड्बडी नर्मल भैसके ,१० वटा वाइड्बडी किन्न पुग्ने सरकारी जग्गा सिकारु भूमाफियाहरु फसेर र ठगिएर आनाको ५० हजारमा भित्रभित्रै कुम्ल्याउदै गरेको कुरा पनि झन्डै झन्डै सेलाएर जनता रेडियो नसुन्ने र टिभी नहेर्ने भैसक्यो ।अनि पूर्व सन्चार मन्त्री गोकुल वास्कोटाका ७० करोडका अडियो काण्ड पनि केही दिन सामाजिक संजाल पोतिएपछी हरायो। कोरोना कहर चलिसकेपछी स्वास्थ्य सामग्री खरिद प्रकरणका काण्डहरु पनि चिसै भैसकेको सत्यलाई तीन करोड जनताले कहिल्यै नभुल्लान। लोकतन्त्र / गणतन्त्र ल्याउने माहिला लामा,उमा भुजेलहरु पनि कुख्यात अपराधी झै राजामहाराजहरुले बनाएका जिर्ण जेलहरुमा कोरोना कहरको महामारी संग विश्वयुद्ध लड्दै हुनुहुन्छ भने राज्यको ढुकुटी चुँड्नेहरु शासक बन्दै मजदुरहरुका सडक यात्रा लक डाउनका भोक र तिर्खासंग लड्दै आफ्नो घर पैदलै फर्किदा सुरक्षाकर्मीको धरपकड र सास्ती भोग्दै गरेका लोकतन्त्रका शासनका पुरस्कार सहन गर्दै रुदै हिडिरहेका भिजुअलहरु पनि छ्यापछ्याप्ती देखिरहेका छन। हिजो सशस्त्र द्वन्दताका भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादलाई धावा बोल्दै विश्व क्रान्तिको उध्घोष गर्ने माओवादी नेतृत्व हाल एमालेमा विलय भैसकेपछी गणतन्त्रलाई महलमा लोप गराइरहेको विडम्बनाले यतिबेला शासकलाई गणतन्त्र आयो जनतालाई भोक र शोकतन्त्र आएको सत्यलाई कोहि कसैले सायदै नकार्न नसक्लान।
यो सबै देखेर गणतन्त्र भारतको मोदीको मुहार हेरेर मुस्कुराइरहयो र त मोदीले नेपालको हजारौं हेक्ट्रर जमीन भारतको ऐलानी बनाइरहयो। कसलाई के थाहा बालुवाटारका सरकारी जग्गामा कुकर्म गर्नेले सगरमाथा र लुम्बिनीहरु त बेच्दै छैन? कति कुराहरु बेखबर होलान् ,ती छोप्पिएका छन् । नेपाली भूमी साविकको मापदण्ड अनुरुप प्रमाणित गर्न विश्वभरिको नाप गर्ने नापी पनि होला नी हो उसलाई नेपाल बोलाएर नेपालको पुरानो सिमा जस्ताको तस्तै कायम गर्न नसके प्रधानमन्त्रीले दमन हैन राष्ट्रवाद खारेज गरिदेउ।सबैको आशाको समाजवादलाई कू गर्दै हजारौं राजाहरुको राजतन्त्रको शैली हो भने हजारौं मृत्युहरुलाई क्षतिपूर्ति देउ। त्यसपछी नक्कली राष्ट्रवाद सक्कली राष्ट्रवादको उपमा बन्नेछ। हाल मुलुकमा सर्वहाराको सरकार छैन नक्कली जंगबहादुरको तानाशाही रुपको छद्मभेषी सत्ता छ। जसलाई कोरोना कमाउने शुभअवसर बनेको छ। यसैले यो सरकारले नागरिकको रोदन सुन्दैन। बरु क्रन्दन भजाएर गोहीको आँसु झार्दै भ्रमको खेती चलाउदै लुट्न अभ्यस्तहरुको कानले पैसा मात्रै सुन्छ। न कोरोना कहरले भारतमा अलपत्र नागरिकको प्रवाह गर्छ ,न सिमा च्यात्तिएकोमा मतलव गर्छ न त अस्मिता लुटिएकोमा नै चासो देखाउछ। यी नमेटिएका इतिहासका चम्किला डोबहरु हुन।बरु कसरी भ्रष्ट जोगाउने र कुन बहानामा ढुकुटी रित्याउने नयां जंगबहादुरका रात्रीकालीन सपनाहरु चाहिँ भएका छन ।
यसै सन्दर्भमा केही टुक्का कविता कोर्न गैरहेको छु।
पहिलो टुक्का विडम्बना कै पस्किनु उचित लाग्यो ।
(विडम्बना ) :-
स्वर्गजस्तो देशमा हजुर यमराजको शासन ।
काम एउटा कुरो अर्को कस्तो गर्छ भाषण ।।
युवाजति खाडी बेच्यो समृद्दिको मन्चन ।
गरिब जन दुखी हुदै राक्षस आयो भन्छन।।
(दोश्रो ) सवाल करोडौं जनताले भारी अपेक्षा गरेर दुई तिहाई दिएको कम्युनिस्ट आज …..
सर्वहाराको पार्टी कम्युनिस्ट
आज रुप बदलिएको छ रे
झुप्रा र निरिहको पार्टी रे कम्युनिस्ट
आज उ महलमा हराएको छ रे
अनि सडकबाट गणतन्त्र यसरी
परिभाषा ओकलिरहेको छ रे
दिनहिनहरुको दुर्दिनरुपी अधिनायकवाद
यहाँ हाजिर भएको छ रे ।।
आम जनताले अपेक्षा गरेका थिए परिवर्तन जो आज महल तिर सवार भएको बारे….
परिवर्तन :-
फूलका रङ्गहरुमा खोजें,वशन्त वहारभित्र खोजें
वस्तिका झुपडीमा खोजें,तराइका फाटहरुमा खोजें
कहिले चन्द्रमालाइ सोधें,औसीका रातहरुमा खोजें
कहिले बलिदानलाइ सोधें,कहिले सहिदलाई सोधें
दुखी,गरिबलाई सोधें, भेटिएन परिवर्तन घाइतेलाई सोधें
निमुखाहरुलाई सोधें ,तर परिवर्तन आज महलमा पो भेटें।।
र अन्त्यमा,सहिद परिवारकी आमाले दृढ़ताका साथ गर्नुभएको आशा र भरोसालाई उजागर गर्नु सान्दर्भिक लाग्यो ।
आज बुढी आमा आंगनको डिलमा बसेर
त्यो रित्तो गोरेटोमा सधैं आंखा ओच्छ्याउछिन
१८ वर्षको मात्र थियो छोरा
जब उनले राष्ट्रियताको मिठो पाठ पढाएकी थिइन
आज धेरै वर्षहरु बितेछन,गाला चाहुरिएछ उनको
फेरी राष्ट्रियता पढाउन ब्याकुल छ रे उनको मन
बुढ्यौलीको आखा गाड्दै छोरा गएको बाटो हेर्दै
भन्छिन खबर नपाएकी होइनन्
गएकै साल छोरा मर्यो
रे
थाहा नपाएकी होइनन्
गिद्धरुले छोराको मासु लुछिसके
तैपनि औला भाचिभाची छोरा गएको वर्ष गन्छिन
र रित्तो बाटो हेर्दै गहभरी आशु पार्छिन ……
फेरि आशु नखसाल्ने बाचा गर्दै भन्छिन
होइन मैले रुनुहुन्न
फेरि आत्मविश्वासले भन्छिन
मेरो छोरा अमर अवश्य आउनेछ
कल्पनामा डुबेर भन्छिन
त्यो बाटो शुन्य हुने छैन,हास्नेछन डांडाकांडा
ओठमाथी जुंगाको रेखी हुनेछ
कम्मरमा खुकुरी र दौरासुरुवालको पहिरन हुनेछ
उनलाई छोराले चिन्दिन भन्दा
भन्छिन उनि हास्नेछिन रे
भन्छिन उनलाइ बिर्सिएको राष्ट्रियता सम्झाउने छिन रे
अझ दृढताका साथ भन्छिन
“मेरो छोरा अमर अवश्य आउनेछ”। धन्यवाद ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…