जनता रेडियो र टिभीमा समाचार आउदा स्विच बन्द गर्ने भैसक्यो ।

लक्ष्मण चौलागाईं “विद्रोही “  । सुरु गरौं नेपालमा छिटो सेलाउने वस्तुहरु बाट !तातो पानी र तातो फलाम त सारा दुनियाँभरी सेलाउछ सबैलाई थाहा छ तर नेपालमा निर्मलाको हत्याकाण्ड सेलायो ,माया विकको हत्याकाण्ड सेलायो ,तेत्तीस किलो सुनको तस्कर पार्टी एकता पछि गायब भयो ,केही दिन राष्ट्रपतिका हेलिकप्टर सामाजिक सन्जालभरी उडे,कतिपय गरिब जनता उक्त न्युज सुनेर छक्क पनि परे अनि त्यो पनि सेलायो ।

त्यसपछि ४ अर्ब ३५ करोड ५६ लाखका वाइड्बडीहरु गरम हुँदै आए ति सबै विप्लव नेकपाको प्रतिबन्ध संगै सेलाइसके । हाल ती वाइड्बडी नर्मल भैसके ,१० वटा वाइड्बडी किन्न पुग्ने सरकारी जग्गा सिकारु भूमाफियाहरु फसेर र ठगिएर आनाको ५० हजारमा भित्रभित्रै कुम्ल्याउदै गरेको कुरा पनि झन्डै झन्डै सेलाएर जनता रेडियो नसुन्ने र टिभी नहेर्ने भैसक्यो ।अनि पूर्व सन्चार मन्त्री गोकुल वास्कोटाका ७० करोडका अडियो काण्ड पनि केही दिन सामाजिक संजाल पोतिएपछी हरायो। कोरोना कहर चलिसकेपछी स्वास्थ्य सामग्री खरिद प्रकरणका काण्डहरु पनि चिसै भैसकेको सत्यलाई तीन करोड जनताले कहिल्यै नभुल्लान। लोकतन्त्र / गणतन्त्र ल्याउने माहिला लामा,उमा भुजेलहरु पनि कुख्यात अपराधी झै राजामहाराजहरुले बनाएका जिर्ण जेलहरुमा कोरोना कहरको महामारी संग विश्वयुद्ध लड्दै हुनुहुन्छ भने राज्यको ढुकुटी चुँड्नेहरु शासक बन्दै मजदुरहरुका सडक यात्रा लक डाउनका भोक र तिर्खासंग लड्दै आफ्नो घर पैदलै फर्किदा सुरक्षाकर्मीको धरपकड र सास्ती भोग्दै गरेका लोकतन्त्रका शासनका पुरस्कार सहन गर्दै रुदै हिडिरहेका भिजुअलहरु पनि छ्यापछ्याप्ती देखिरहेका छन। हिजो सशस्त्र द्वन्दताका भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादलाई धावा बोल्दै विश्व क्रान्तिको उध्घोष गर्ने माओवादी नेतृत्व हाल एमालेमा विलय भैसकेपछी गणतन्त्रलाई महलमा लोप गराइरहेको विडम्बनाले यतिबेला शासकलाई गणतन्त्र आयो जनतालाई भोक र शोकतन्त्र आएको सत्यलाई कोहि कसैले सायदै नकार्न नसक्लान।

यो सबै देखेर गणतन्त्र भारतको मोदीको मुहार हेरेर मुस्कुराइरहयो र त मोदीले नेपालको हजारौं हेक्ट्रर जमीन भारतको ऐलानी बनाइरहयो। कसलाई के थाहा बालुवाटारका सरकारी जग्गामा कुकर्म गर्नेले सगरमाथा र लुम्बिनीहरु त बेच्दै छैन? कति कुराहरु बेखबर होलान् ,ती छोप्पिएका छन् । नेपाली भूमी साविकको मापदण्ड अनुरुप प्रमाणित गर्न विश्वभरिको  नाप गर्ने नापी पनि होला नी हो उसलाई नेपाल बोलाएर नेपालको पुरानो सिमा जस्ताको तस्तै कायम गर्न नसके प्रधानमन्त्रीले दमन हैन राष्ट्रवाद खारेज गरिदेउ।सबैको आशाको समाजवादलाई कू  गर्दै हजारौं राजाहरुको राजतन्त्रको  शैली हो भने हजारौं मृत्युहरुलाई क्षतिपूर्ति देउ। त्यसपछी नक्कली राष्ट्रवाद सक्कली राष्ट्रवादको उपमा बन्नेछ। हाल मुलुकमा सर्वहाराको सरकार छैन नक्कली जंगबहादुरको तानाशाही रुपको छद्मभेषी सत्ता छ। जसलाई कोरोना कमाउने शुभअवसर बनेको छ। यसैले  यो सरकारले नागरिकको रोदन सुन्दैन। बरु क्रन्दन भजाएर गोहीको आँसु झार्दै भ्रमको खेती चलाउदै लुट्न अभ्यस्तहरुको कानले पैसा मात्रै सुन्छ। न कोरोना कहरले भारतमा अलपत्र नागरिकको प्रवाह गर्छ ,न सिमा च्यात्तिएकोमा मतलव गर्छ न त अस्मिता लुटिएकोमा नै चासो देखाउछ। यी नमेटिएका इतिहासका चम्किला  डोबहरु हुन।बरु कसरी भ्रष्ट जोगाउने र कुन बहानामा ढुकुटी रित्याउने नयां जंगबहादुरका रात्रीकालीन सपनाहरु चाहिँ भएका छन ।

यसै सन्दर्भमा केही टुक्का  कविता कोर्न गैरहेको छु।
पहिलो टुक्का विडम्बना कै पस्किनु उचित लाग्यो ।

(विडम्बना ) :-

स्वर्गजस्तो देशमा हजुर यमराजको शासन ।

काम एउटा कुरो अर्को कस्तो गर्छ भाषण ।।

युवाजति खाडी बेच्यो समृद्दिको मन्चन ।

गरिब जन दुखी हुदै राक्षस आयो भन्छन।।

(दोश्रो ) सवाल करोडौं जनताले भारी अपेक्षा गरेर दुई तिहाई दिएको कम्युनिस्ट आज …..

सर्वहाराको पार्टी  कम्युनिस्ट 

आज रुप बदलिएको छ रे

झुप्रा र निरिहको पार्टी  रे कम्युनिस्ट 

आज उ महलमा हराएको छ रे

अनि सडकबाट गणतन्त्र यसरी

 परिभाषा ओकलिरहेको छ रे

दिनहिनहरुको दुर्दिनरुपी अधिनायकवाद 

यहाँ हाजिर भएको छ रे ।।

आम जनताले अपेक्षा गरेका थिए परिवर्तन  जो आज महल तिर सवार भएको बारे….

परिवर्तन :-

फूलका रङ्गहरुमा खोजें,वशन्त वहारभित्र खोजें

वस्तिका झुपडीमा खोजें,तराइका फाटहरुमा खोजें

कहिले चन्द्रमालाइ सोधें,औसीका रातहरुमा खोजें

कहिले बलिदानलाइ सोधें,कहिले सहिदलाई सोधें

दुखी,गरिबलाई सोधें, भेटिएन परिवर्तन घाइतेलाई सोधें

निमुखाहरुलाई सोधें ,तर परिवर्तन आज महलमा पो भेटें।।

र अन्त्यमा,सहिद परिवारकी आमाले दृढ़ताका साथ गर्नुभएको आशा र भरोसालाई उजागर गर्नु सान्दर्भिक लाग्यो ।

आज बुढी आमा आंगनको डिलमा बसेर

त्यो रित्तो गोरेटोमा सधैं आंखा ओच्छ्याउछिन

१८ वर्षको मात्र थियो छोरा

जब उनले राष्ट्रियताको मिठो पाठ पढाएकी थिइन

आज धेरै वर्षहरु बितेछन,गाला चाहुरिएछ उनको

फेरी राष्ट्रियता पढाउन ब्याकुल छ रे उनको मन

बुढ्यौलीको आखा गाड्दै छोरा गएको बाटो हेर्दै

भन्छिन खबर नपाएकी होइनन्

गएकै साल छोरा मर्यो

रे

थाहा नपाएकी होइनन्

गिद्धरुले छोराको मासु लुछिसके

तैपनि औला भाचिभाची छोरा गएको वर्ष गन्छिन

र रित्तो बाटो हेर्दै गहभरी आशु पार्छिन ……

फेरि आशु नखसाल्ने बाचा गर्दै भन्छिन

होइन मैले रुनुहुन्न

फेरि आत्मविश्वासले भन्छिन

मेरो छोरा अमर अवश्य आउनेछ

कल्पनामा डुबेर भन्छिन

त्यो बाटो शुन्य हुने छैन,हास्नेछन डांडाकांडा

ओठमाथी जुंगाको रेखी हुनेछ

कम्मरमा खुकुरी र दौरासुरुवालको पहिरन हुनेछ

उनलाई छोराले चिन्दिन भन्दा

भन्छिन उनि हास्नेछिन रे

भन्छिन उनलाइ बिर्सिएको राष्ट्रियता सम्झाउने छिन रे

अझ दृढताका साथ भन्छिन

“मेरो छोरा अमर अवश्य आउनेछ”। धन्यवाद ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago