काठमाडौं । गत मंगलबार अमेरिकाको बासिङ्टन डिसीमा बसेको मिलेनियम च्यालेन्च कर्पाेरेसन(एमसीसी) बोर्डमा नेपालमाएमसीसी परियोजनाको पछिल्लो अबस्थाको बारेमा छलफल भएको छ ।
सोही बोर्डले श्रीलंकाको प्रस्तावित कम्प्याक्ट अनुमोदन र कार्यान्वयनमा ढिलाइ भएको भन्दै निरन्तरता नदिने निर्णय गरेको थियो । हरेकचार महिनामा एमसीसी परियोजनाबारे छलफल गर्नको लागि बोर्डको बैठक बस्ने गर्दछ ।
एमसीसी बोर्डमा नेपालको बारेमा पनि केही छलफल भयो भन्ने अनलाइखबरको प्रश्नमा काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ,‘बोर्डले नेपाललगायत एमसीसी कार्यान्वयन भएका मुलुकहरुको पछिल्लो अपडेट र अवस्थाको बारेमा जानकारी लिएको छ ।परियोजनाको सफलतापूर्वक कार्यान्वयन मार्फत नेपाली जनतको हितको लागि निकट भविष्यमा नै संसदीय अनुमोदनमा जोड दिइएकोछ ।’
अमेरिकाले सन् २०१२ देखि नेपाल सरकार र एमसीसी नेपाल कम्प्याक्ट विकास गर्न सँगै काम गरेको उल्लेख गरेको छ । अमेरिकालेएमसीसी परियोजना सधैंका लागि उपलब्ध नभएको भन्दै छिटो अनुमोदनका लागि आग्रह गरिरहेको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…