काठमाडौं । गत मंगलबार अमेरिकाको बासिङ्टन डिसीमा बसेको मिलेनियम च्यालेन्च कर्पाेरेसन(एमसीसी) बोर्डमा नेपालमाएमसीसी परियोजनाको पछिल्लो अबस्थाको बारेमा छलफल भएको छ ।
सोही बोर्डले श्रीलंकाको प्रस्तावित कम्प्याक्ट अनुमोदन र कार्यान्वयनमा ढिलाइ भएको भन्दै निरन्तरता नदिने निर्णय गरेको थियो । हरेकचार महिनामा एमसीसी परियोजनाबारे छलफल गर्नको लागि बोर्डको बैठक बस्ने गर्दछ ।
एमसीसी बोर्डमा नेपालको बारेमा पनि केही छलफल भयो भन्ने अनलाइखबरको प्रश्नमा काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ,‘बोर्डले नेपाललगायत एमसीसी कार्यान्वयन भएका मुलुकहरुको पछिल्लो अपडेट र अवस्थाको बारेमा जानकारी लिएको छ ।परियोजनाको सफलतापूर्वक कार्यान्वयन मार्फत नेपाली जनतको हितको लागि निकट भविष्यमा नै संसदीय अनुमोदनमा जोड दिइएकोछ ।’
अमेरिकाले सन् २०१२ देखि नेपाल सरकार र एमसीसी नेपाल कम्प्याक्ट विकास गर्न सँगै काम गरेको उल्लेख गरेको छ । अमेरिकालेएमसीसी परियोजना सधैंका लागि उपलब्ध नभएको भन्दै छिटो अनुमोदनका लागि आग्रह गरिरहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…