रिब्दीकोट गाउपालिका चिनाउने पर्यटकिय गन्तप्यहरु नाम लेख रचना प्रयितयोगिता सम्पन्न ।

सन्तोष गहतराज , पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउपालिकाले गुणस्तरीय आर्थिक,भौतिक,सामाजिक पुर्वधार विकासको माध्यमदारा समृद रिब्दीकोट भन्ने नाराका साथ रिब्दीकोट गाउपालिका चिनाउने पर्यटकीय गन्तव्यहरु शिर्षकमा खुला लेख रचना प्रतियोगिताको पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रमका प्रकुख अतिथि जिविस पाल्पाका पुर्व सभापति भापेन्द्र जि सीले रिब्दीकोट गाउपालिकाले पाल्पा जिल्लामा नै पहिलो पटक आफनो पालिकामा रहेका पर्यटकिय गन्तव्यहरुलाई लेख रचनाको माध्यमबाट दस्तावेजी गर्ने काम आफैमा सम्मान योग्य काम रहेको र यस्ता लेख रचनाहरुले रिब्दीकोट गाउपालिका भित्रका पर्यटकिय क्षेत्रहरुको थप प्रचारप्रसार गर्न टेवा पुग्ने बताउनु भयो । साथै रिब्दीकोट गाउपालिका थुप्रै पर्यटकिय गन्तव्यका स्थानहरु रहेता पनि प्रचारप्रसारको कारण गुम नाम रहेकोले जुन गाउपालिकाले लेख रचनाको माध्यमबाट स्थलहरुको पहिचान गर्ने कार्य गरेकोमा गाउपालिकालाई धन्यवाद दिनु भयो । कार्यक्रममा गाउपालिका अध्यक्ष नारायण बहादुर जिसीले पाल्पामा जिल्लामा धेरै स्थानीय तहहरुले विकास निमार्णका कार्यहरु गरिरहेका छन । तर रिब्दीकोट गाउपालिकाले विकास निमार्णका कार्यहरुका साथसाथै पाल्पा जिल्लामा एक छुटटै फरक किसिमको पर्यटकिय क्षेत्रहरुको प्रर्वधन गर्ने हेतुले फरक किसिमको कार्य गरेको बताउनु भयो ।

यो कार्यक्रमले आफनो पालिकाको पर्यटकिय क्षेत्रहरुको प्रचाप्रचार गर्न महोत्वपुर्ण भुमिका खेल्ने भएकोले पाल्पा जिल्लाका अन्य स्थानीय तहहरुले पनि यस्तो कार्यक्रम गर्नु पर्ने बताउनु भयो । साथै रिब्दीकोट गाउपालिकाले ८ वटै वडाहरुलाई स्माट बनाउनको लागि विस्तृत योजना अगाडी बढाएको बताउनु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष जि सीले पालिकाका सबै वडाहरुमा गई समुह गठन गर्ने ती समुहहरुलाई उपयुक्त हुने किसिमका कार्यहरु गर्न पालिकाबाट आर्थिक सहयोग गरि प्रदान गरी सबै वडाहरुलाइ स्माट बनाउने कार्यक्रमहरु सञ्चान गर्ने योजनाका साथ अगाडी बढेको बताउनु भयो । कार्यक्रममा गाउपालिका उपाध्क्ष लक्ष्मी खनाल,ग्रामिण आर्थिक विकास संघ रेडाका अध्यक्ष लिला कार्की,रेडक्रस पाल्पाका सभापति बुद्दि प्रसाद शर्मा,समाजसेवी गोविन्द आचार्य,गीता पाण्डे,पत्रकार कृष्ण पोखरेल,तानसेन नगरपालिकाका उपसचिव रमेश न्यौपाने,नेकपाका नेता राम बहादुर राउत पालिकाका वडा अध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो । रिब्दीकोट गाउपालिका चिनाउने गन्तप्यहरु नाम लेख रचनामा राम बहादुर विक प्रथम,दितियमा विष्णु खनाल,तृतियमा राम ज्ञवाली हुनु भएको छ । प्रथमर्ला १० हजारर प्रमाण पत्र,दितियलाई ८ हजार लोसल्ला र प्रमाण पत्र र तृतियलाई ७ हजार लोसल्ला रप्रमाण पत्र तथा अन्यलाई २ हजार र प्रमाण पत्रले सम्मान गरिएको थियो । लेख रचना प्रतियोगितामा रिब्दीकोट गाउपालिका चिनाउने पर्यटकिय गन्तप्यहरु नाम लेख रचना प्रयितयोगित राम बहादुर विक प्रथम११ जना सहभागि रहेका थिए ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago