ट्याक्टर पल्टंदा एकको मृत्यु, एक घाइते

ताप्लेजुङ, मंसिर  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ खोक्लिङमा बुधबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।

फाइल फोटो

मृत्यु हुनेमा खोक्लिङकै २२ वर्षीय दलबहादुर गुरुङ छन्। ट्याक्टरका सहयोगी गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए। सोही वडाका वडाध्यक्ष अमृत लिम्बुका अनुसार मिक्वाखोला-२ निवासी चालक कृष्ण थापा, उनका छोरा कृतिक थापा र कृजम थापा घाइते छन्।

घाइतेमध्ये कृजमको अवस्था गम्भीर छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ। चालक कृष्ण र कृतिक भने सामान्य घाइते भएको लिम्बुले बताए। अलैंची बोकेर मिक्वाखोला–२ ओझा गाउँबाट वडा नम्बर १ को डाँडा गाउँतर्फ आउँदै गरेको लु ४ त ६५४८ नम्बरको ट्याक्टर सल्लेरी डाँडामा सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो। मृतक गुरुङको शव ट्याक्टरले च्यापिएको अवस्थामा छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago