फाइल फोटो
ताप्लेजुङ, मंसिर ३ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ खोक्लिङमा बुधबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्।
मृत्यु हुनेमा खोक्लिङकै २२ वर्षीय दलबहादुर गुरुङ छन्। ट्याक्टरका सहयोगी गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए। सोही वडाका वडाध्यक्ष अमृत लिम्बुका अनुसार मिक्वाखोला-२ निवासी चालक कृष्ण थापा, उनका छोरा कृतिक थापा र कृजम थापा घाइते छन्।
घाइतेमध्ये कृजमको अवस्था गम्भीर छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ। चालक कृष्ण र कृतिक भने सामान्य घाइते भएको लिम्बुले बताए। अलैंची बोकेर मिक्वाखोला–२ ओझा गाउँबाट वडा नम्बर १ को डाँडा गाउँतर्फ आउँदै गरेको लु ४ त ६५४८ नम्बरको ट्याक्टर सल्लेरी डाँडामा सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो। मृतक गुरुङको शव ट्याक्टरले च्यापिएको अवस्थामा छ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…