बन्दाबन्दीमा चोयाका सामग्रीबाट ६० हजार आम्दानी

गण्डकी। बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा यहाँका एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै रु ६० हजार आम्दानीगरेका छन् पोखरा महानगरपालिका१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शङ्कर नेपालीले बन्दाबन्दीका समयमा चोयाका सामानतयार गरी त्यसको बिक्रीबाट रु ६० हजार आम्दानी गर्नुभएको हो

बन्दाबन्दीअघि विभिन्न ठाउँमा ज्याला मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्नुभएका नेपालीले सो समयमा बाहिर हिँड्डुलसमेत गर्ननपाएपछि चोयाका सामान बनाएर त्यसैबाट आप्mनो दैनिक खर्च चलाएको अनुभव सुनाउनुभयो विसं २०७७ चैत महिनादेखिनिर्मलपोखरी अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयबाट निगालो निगाले बाँस खरिद गरेर चोया काटेर डोका ३४, थुन्से २४, झ्यारलुङ्गो १५ धान राख्ने कोठा तथा मागअनुसारका विभिन्न अन्य सामग्री निर्माण गरी बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो

आन्द्रामा क्यान्सर रोगको कारण शरीर कमजोर , गाह्रो काम गर्न सक्दिनँ”, उहाँले भन्नुभयो, “हातको सीपसँगै केही हदसम्म भए पनिआम्दानी हुने हुँदा परिवारको पालनपोषण आप्mनो उपचारमा समेत सहयोग पुगेको बिहान सबेरैदेखि साँझसम्म चोयासँग खेल्नुदैनिकी बनाउँदै आएको बताउने नेपालीका अनुसार तयार गरिएका सामान बिक्री गर्न बजार जानु पर्दैन सामान चाहिनेहरू घरमै आउनेगरेको उहाँले बताउनुभयो

चोया काढेर दुई दिनको अवधिमा तीनवटा डोका तयार गर्ने गरेको बताउँदै उहाँले मागअनुसार चोयाबाट निर्माण गरिने सम्पूर्ण सामग्रीआपूmले बुन्ने गरेको जानकारी दिनुभयो नेपालीका अनुसार उत्पादित प्रतिडोका रु ५५०, विभिन्न आकारका थुन्से रु ४०० देखि ७००, झ्यारलुङ्गो (कुखुरा राख्ने) रु ७०० देखि ८००, धान राख्ने कोठाको रु दुई हजार बच्चाको कोक्रो रु एक हजारका दरले बिक्री हुँदैआएको बजारमा प्लाष्टिकका सामग्री पाउन थालेपछि चोयाका सामान लोप हुँदै गएको अनुभव सुनाउँदै उहाँले वातावरणीयसँगैस्थानीय सीप कच्चा पदार्थ प्रयोग गरी निर्मित वस्तुको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो पछिल्लो समय निगालो बाँस पनि पाउनकठिन बनेको

बन्दाबन्दीको क्रममा श्रीमान्लाई आन्द्रामा क्यान्सर रोग देखिएपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराउँदै आएकोउहाँकी श्रीमती रत्नकुमारी नेपालीले रासससँग दुखेसो सुनाउनुभयो कमाउने श्रीमान्लाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दारु तीन लाखभन्दा बढी खर्च भइसकेको ”, उहाँले भन्नुभयो, “मङ्सिर गते चौथोपटक किमो चढाउने भनेको , यसअघि स्वास्थ्य बीमा गाउँपालिकाको सिफारिसमा केही छुट भएर सुविधा पुगे पनि थप उपचारका लागि पैसा छैन, अब के गर्ने ?”

श्रीमान् रोग भोकसँंगै लड्दै घरमै चोयाका घरेलु सामग्री तयार गर्नुहुन्छ, मैले पोखराका आसपासका ग्रामीण क्षेत्रमा पुगेर तरकारीखरिद गरी बजार घरबाटै बिक्री गर्दै आएकी छु”, रत्नकुमारीले भन्नुभयो, “दुई छोराले छोरीहरूले पनि सहयोग गर्दै आएका छन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago