बन्दाबन्दीमा चोयाका सामग्रीबाट ६० हजार आम्दानी

गण्डकी। बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा यहाँका एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै रु ६० हजार आम्दानीगरेका छन् पोखरा महानगरपालिका१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शङ्कर नेपालीले बन्दाबन्दीका समयमा चोयाका सामानतयार गरी त्यसको बिक्रीबाट रु ६० हजार आम्दानी गर्नुभएको हो

बन्दाबन्दीअघि विभिन्न ठाउँमा ज्याला मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्नुभएका नेपालीले सो समयमा बाहिर हिँड्डुलसमेत गर्ननपाएपछि चोयाका सामान बनाएर त्यसैबाट आप्mनो दैनिक खर्च चलाएको अनुभव सुनाउनुभयो विसं २०७७ चैत महिनादेखिनिर्मलपोखरी अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयबाट निगालो निगाले बाँस खरिद गरेर चोया काटेर डोका ३४, थुन्से २४, झ्यारलुङ्गो १५ धान राख्ने कोठा तथा मागअनुसारका विभिन्न अन्य सामग्री निर्माण गरी बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो

आन्द्रामा क्यान्सर रोगको कारण शरीर कमजोर , गाह्रो काम गर्न सक्दिनँ”, उहाँले भन्नुभयो, “हातको सीपसँगै केही हदसम्म भए पनिआम्दानी हुने हुँदा परिवारको पालनपोषण आप्mनो उपचारमा समेत सहयोग पुगेको बिहान सबेरैदेखि साँझसम्म चोयासँग खेल्नुदैनिकी बनाउँदै आएको बताउने नेपालीका अनुसार तयार गरिएका सामान बिक्री गर्न बजार जानु पर्दैन सामान चाहिनेहरू घरमै आउनेगरेको उहाँले बताउनुभयो

चोया काढेर दुई दिनको अवधिमा तीनवटा डोका तयार गर्ने गरेको बताउँदै उहाँले मागअनुसार चोयाबाट निर्माण गरिने सम्पूर्ण सामग्रीआपूmले बुन्ने गरेको जानकारी दिनुभयो नेपालीका अनुसार उत्पादित प्रतिडोका रु ५५०, विभिन्न आकारका थुन्से रु ४०० देखि ७००, झ्यारलुङ्गो (कुखुरा राख्ने) रु ७०० देखि ८००, धान राख्ने कोठाको रु दुई हजार बच्चाको कोक्रो रु एक हजारका दरले बिक्री हुँदैआएको बजारमा प्लाष्टिकका सामग्री पाउन थालेपछि चोयाका सामान लोप हुँदै गएको अनुभव सुनाउँदै उहाँले वातावरणीयसँगैस्थानीय सीप कच्चा पदार्थ प्रयोग गरी निर्मित वस्तुको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो पछिल्लो समय निगालो बाँस पनि पाउनकठिन बनेको

बन्दाबन्दीको क्रममा श्रीमान्लाई आन्द्रामा क्यान्सर रोग देखिएपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराउँदै आएकोउहाँकी श्रीमती रत्नकुमारी नेपालीले रासससँग दुखेसो सुनाउनुभयो कमाउने श्रीमान्लाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दारु तीन लाखभन्दा बढी खर्च भइसकेको ”, उहाँले भन्नुभयो, “मङ्सिर गते चौथोपटक किमो चढाउने भनेको , यसअघि स्वास्थ्य बीमा गाउँपालिकाको सिफारिसमा केही छुट भएर सुविधा पुगे पनि थप उपचारका लागि पैसा छैन, अब के गर्ने ?”

श्रीमान् रोग भोकसँंगै लड्दै घरमै चोयाका घरेलु सामग्री तयार गर्नुहुन्छ, मैले पोखराका आसपासका ग्रामीण क्षेत्रमा पुगेर तरकारीखरिद गरी बजार घरबाटै बिक्री गर्दै आएकी छु”, रत्नकुमारीले भन्नुभयो, “दुई छोराले छोरीहरूले पनि सहयोग गर्दै आएका छन्

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago