पाल्पा– बगनासकाली गाउँपालिकाले चाडपर्वको समयमा विदेश तथा बाहिरी जिल्लाबाट आउने व्यक्तिहरुलाई पि सि आर रिपोर्ट अनिवार्य गरेको छ । ७२ घण्टा भित्रको पि सि आर नेगेटिभ रिपोर्ट सम्बन्धित वडाध्यक्षलाई बुझाएर मात्र आउन पाउने पालिकाले नियम बनाएको हो ।
त्यस्तै गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु पनि बन्द गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढ्दै गएको औल्याउँदै सोमबारदेखि ६ गतेसम्मका लागि गाउँपालिकाभित्र अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
गाउँपालिकाले ६ गतेसम्मका लागि पालिकाको कार्यालय, ९ वटै वडा कार्यालयहरु, शैक्षिक संस्थाहरुमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जानकारी दिएको छ ।
आईतवार बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…