महावीरले भने- अबदेखि नयाँ लुगा लगाएन भनेर कचकच नगर्नू!

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महवीर पुन केन्द्रले उत्पादन गरेका आविष्कारलगायत जानकारी  फेसबुकबाटै सार्वजनिक गर्ने गर्छन्।राष्ट्रिय आविष्कारकेन्द्रका अध्यक्ष महवीर पुन फेसबुकमा पनी सक्रिय छन्।

आविष्कार केन्द्रमा सामान जुटाउन सहयोगीहरूको विवरण, केन्द्रबाट गरिने सहयोगसँगै उनले फेसबुकमा व्यक्तिगत जीवनका सुख दु:ख पनि आफ्ना शुभेच्छुकलाई सुनाउँछन्।

आइतबार यस्तै एउटा पोस्ट उनले गरेका छन्।

‘मैले नि यो वर्षको दसैंमा त नयाँ कपडा पायो बाई’ लेखेर उनले कोट पाइन्ट लगाएको फोटो राखेका छन्।

महावीरलाई उनका साथीभाइले राम्रो कपडा लगाएन भनेर कचकच गरेका रहेछन्।

नयाँ कोट पाइन्ट लगाएर उनले साथीभाइलाई जवाफ दिएका हुन्।

०४५ सालमा अमेरिका पढ्न जाँदा पहिलोपटक कोट लगाएको थिएँ,’ उनले सेतोपाटीसँग भने, ‘धेरै वर्षपछि दसैंमा मैले नयाँ कपडा लगाएँको हुँ।’

उनले आइतबार दोस्रोपटक नयाँ कोट पाइन्ट लगाएको उल्लेख गरेका छन्।

‘यो कोट पाइन्ट मलाई नै नापेर सिलाइदिएका हुन्। पुरानो जडौरी होइन,’ उनले प्रष्टाएका छन्, ‘मेरो जीन्दगीको यो दोस्रो नयाँ सुट पाइन्ट हो।’

तर उनले यो दसैंमा पनि जुत्ता भने नयाँ लगाएका छैनन्। नयाँ कोट पाइन्टमा छ वर्ष पुरानो जुत्ता लगाएको पुनले बताए।

महावीरले साथीहरूलाई अबदेखि नयाँ लुगा लगाएन भनेर कचकच नगर्न पनि आग्रह गरेका छन्।

‘धेरै साथीहरूले राम्रो कपडा लगाएन भनेर मलाई कचकच गरिरहनु भएको थियो। अब कचकच गर्ने साथीहरू चुप लाग्नुहोस्,’ उनले भनेका छन्, ‘नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको वाचा पूरा गरें।’

उनले नयाँ कोट पाइन्ट आफैंले किनेको वा अरू कसैले उपहार दिएको हो भन्नेबारे खुलाउन चाहेका छैनन्।

‘दसैंका बेला यो नयाँ कपडा कहाँबाट आयो भनेर कसैले पनि नसोध्नु होला,’ उनले भने, ‘केही महिनापछि मैले नै यसबारे बताउनेछु।’

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago