दशैँ शुरु : बसपार्कमा यात्रु छैनन्

नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड१९ को सङ्क्रमणका कारण महिना बन्द रहेको सार्वजनिक यातायात एकमहिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेका हुन्

विगतका वर्षमा दशैँको समयमा राष्ट्रिय बसपार्कका रूपमा रहेको गोँगबुस्थित नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खुलगायत क्षेत्रमाटिकट नपाएर यात्रुहरु घण्टौँ बस कुरेर गन्तव्यस्थलसम्म पुग्ने गरे पनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान बनेको नयाँबसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिले कोभिड१९ को समयलाई सदुपयोग गर्दै नयाँ बसपार्कमा कम्प्युटर प्रणालीमार्फतटिकट बुकिङ खुला गरे पनि भीडभाड हुने दशैँको समयमा समेत यात्रुहरु छैनन्

ल्होत्से बहुउदेश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कोरोना सङ्क्रमण फैलन नदिन सामाजिक दूरी कायम गरेरप्रविधिको प्रयोगमार्फत टिकट बुकिङ गर्ने व्यवस्था गरेको थियो प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल कोभिड१९ कोसङ्क्रमणका कारण यस वर्ष घर जाने यात्रुमा उत्साह नभएको बताउनुहुन्छ विगतका वर्षमा घटस्थापनादेखि फूलपातीसम्म झण्डैदैनिक एक हजार हाराहारीमा सार्वजनिक यातायात नयाँ बसपार्कबाट बाहिरिने गरे पनि अहिले भने दैनिक २०० सवारी साधन बाहिरिँदैआएका छन्”, उहाँ भन्नुहुन्छ

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल अधिकांश यात्रु बन्दाबन्दी शुरु हुनुभन्दा पहिले नैघर गएका कारण दशैँको समयमा बसपार्क क्षेत्रमा यात्रुको चहलपहमा कमी आएको बताउनुहुन्छ विगत एक हप्तादेखि उपत्यकाबाहिरिने यात्रुको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएको ”, उहाँ भन्नुहुन्छ विगतका वर्षहरुमा घटस्थापनादेखि फूलपातीको दिनसम्मदैनिक सरदर ८० हजारदेखि एक लाख यात्रु उपत्यका बाहिरिने गरे पनि यस वर्ष भने दैनिक १० देखि २० हजार यात्रु बाहिरिएकोमहाशाखाले जनाएको

ट्राफिक प्रहरीले चाडवाडको समयमा बढी भाडा लिने तथा यात्रुलाई अनावश्यकरूपमा दुःख दिने बस चालकको कारवाहीका लागि सादापोशाकमा आठवटा टोली प्रहरी खटाएको यस्तै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको यातायात व्यवसायीहरुबन्दाबन्दीका कारण महिना थन्किएका सार्वजनिक सवारी साधन मर्मतसम्भार गरेर सञ्चालनमा ल्याए पनि यात्रु नहुँदा समस्यामापरेको बताउँछन्

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला अधिकांश यात्रुहरु साना सवारी साधन रिजर्भ गरेरगन्तव्यस्थलसम्म गएका कारण पनि बसपार्कमा यात्रुको चहलपहल नभएको बताउनुहुन्छ अधिकांश यात्रु बन्दाबन्दी हुनुभन्दा अगाडि नैघर गएका छन्, बाँकी रहेका यात्रुलाई सरकारले जहाँ हुनुहुन्छ त्यहीँ दशैँ मनाउनुहोस् भनेका कारण पनि बसपार्क क्षेत्र सुनसान ”, उहाँभन्नुहुन्छ सरकारी तथ्याङ्कअनुसार बन्दाबन्दी पहिले नै झण्डै सात लाख यात्रुले उपत्यका छोडिसकेका छन्

यस्तै पर्यटक बसमा पनि कोभिड१९ बन्दाबन्दीको असर परेको दशैँको समयमा दैनिक दुईदेखि तीन हजार यात्रु बोकेर पोखरा, चितवन, लुम्बिनी जनकपुर जाने गरेको पर्यटक बसमा यतिबेला यात्रु छैनन् टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)कामहासचिव दीपेन्द्र अधिकारी दशैँको समयमा समेत यात्रु नभएको गुनासो गर्नुहुन्छ विगतका वर्षमा घटस्थापनादेखि फूलपातीसम्मदैनिक दुई÷तीन हजार पर्यटक बसमा उपत्यका बाहिरिने गरे पनि यो वर्ष  दैनिक २० देखि ५० यात्रुमात्र बाहिरिएका छन्”, उहाँ भन्नुहुन्छ

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago