निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने

निजगढकाठमाडौँ द्रुतमार्गसँग हेटौँडाकाठमाडौँ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको वाग्मती प्रदेशसरकारले काठमाडौँनिजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो

सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि सम्भावित बिन्दुको खोजी शुरु गरेको सङ्घीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाडौँनिजगढ द्रतमार्गसँग मकवानपुरको भीमफेदीगाउँपालिका इन्द्रसरोवार गाउँपालिका को कोगटेदोभानमा जोड्न सके हेटौँडाकाठमाडौँको सडक दूरी ५४ किलोमिटरमा छोटिनेभन्दै प्रदेश सरकारले प्रस्ताव गरेको थियो

फेटो फाईल

प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको सरकारका तर्फबाट एक दिनअघि मात्रै राष्ट्रिय योजनाआयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित विन्दुकोअवलोकन गर्नुभएको थियो अवलोकनपछि रासससँग कुरा गर्दै उपाध्यक्ष डा कँडेलले  द्रुतमार्गको प्रारम्भमा यसमार्गसँग जोडिने अन्यकुनै मार्गको परिकल्पना नगरिएकाले नयाँ परिस्थिति सिर्जना भएको बताउनुभयो   उहाँले द्रुतमार्ग अनुगमन समितिले द्रुतमार्ग निर्माणकोक्रममा प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको बताउनुभयो समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै आफूहरु अवलोकन अध्ययनका लागि आएको उहाँको भनाइ थियो

पहिलो चरणमा व्यवहारिक सामान्य अवलोकन गरिएको उल्लेख गर्दै उपाध्यक्ष डा कँडेलले अब प्राविधिक अध्ययन गरेर मात्रैद्रुतमार्गसँग मदन भण्डारी मार्गलाई कहाँ कसरी जोड्न सकिन्छ टुङ्गो लाग्ने बताउनुभयो उहाँले दुई द्रुतमार्गलाई जोड्नु उपयुक्त हुने त्यसका लागि प्राविधिकहरुको अध्ययनले अन्तिम निष्कर्ष निकाल्ने उल्लेख गर्नुभयो

प्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ गजेन्द्र थपलियाले प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत विभिन्न सडकखण्डलाईफाराकिलो बनाउने, मोड घटाउन सुरुङ खन्ने दूरी कम गर्न द्रुतमार्गसँग पहुँच स्थापना गर्ने कामका लागि थालेको पहल विकासनिर्माणको आवश्यक प्रक्रिया भएकाले नेपाल सरकारले यसमा सहयोग सहकार्य गर्ने बताउनुभयो प्रदेशले हेटौँडाकाठमाडौँको दूरी५४ किलोमिटरमा छोट्याउने जुन लक्ष्य लिएको , त्यो सरहानीय , नेपाल सरकारले यसलाई सहयोग गर्छ”, विज्ञ थपलियाले भन्नुभयो

मदन भण्डारी मार्गमा सुरुङ निर्माणसहित स्तरीकरण गर्ने द्रुतमार्गसँग जोड्ने प्रदेश सरकारको योजना रहर नभएर टट्कारो आवश्यकतारहेको मुख्यमन्त्री डोरमणि पौडेल बताउनुहुन्छ हाल पूर्वी नेपाल तराईका साना सवारीबाहेकका सवारी साधन हेटौँडाबाट ७६किलोमिटर नारायणघाट त्यहाँबाट १५२ किलोमिटर काठमाडौँ गरी २२८ किलोमिटर लामो यात्रा गर्न बाध्य रहेको उहाँको भनाइ ५४किलोमिटरको बाटो स्तरीकरण गरी सबै प्रकारका सवारी साधनको आवागमन गराउन सकिने दीर्घकालीनरूपमा राज्यलाई लाभ हुनेउहाँ बताउनुहुन्छ

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल सुरुङबाहेक मदन भण्डारी मार्गको स्तरीकरणको सम्पूर्ण काम धमाधम भइरहेकोबताउनुहुन्छ सडक फराकिलो बनाउने, पर्खाल लगाउने सम्याउने काम भइरहेको चाँडै नै कालोपत्रको काम शुरु हुने उहाँको भनाइ उहाँले प्रदेश सरकारले गौरवको योजनाको रूपमा सुरुङसहित स्तरीकरणको काम गर्न लागेको भैँसेभीमफेदी सडक विस्तारकोयोजनासमेत कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्नुभयो

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago