चितवन । लगातारको वर्षासँगै तीन ठाउँमा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अबरुद्ध भएको छ ।
भरतपुर महानगरपालिका–२९ को १४ किलो, सत्र किलो र घुमाउनेमा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।अझै पनि हल्का पहिरो खसिरहेका कारण पहिरो पन्छाउन सहज नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पहिरो पन्छाउन बिहानभरी लाग्नसक्छ ।
पहिरो खसेसँगै बाटो अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लागेको छ । ६ महिनापछि खुलेका यात्रुबाहक बस पनि पहिरोमा फसेका छन् । रात्रीबस काठमाडौं छिर्न नपाउँदै पहिरोको चपेटामा परेका हुन् । वर्षा लागेपछि यो सडकखण्ड प्राय अवरुद्ध हुने गरेको छ । नारायणगढ–मुग्लिन सडकमा मंगलबार मात्रै दर्जनौं नयाँ पहिरो आएर सडक अस्तव्यस्त बनेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…