कोरोनाको जोखिम बढेपछि समुदायस्तरमा जाँच

पाल्पा । तानसेन नगरपालिका पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि उनिसंग सम्पर्कमा आएका सहित समुदायस्तरमा परिक्षणलाई स्वाब संकलन थालिएको छ । विशाल बजारमा रहेका एक महिलामा साउन २८ गते कोरोना संक्रमण देखापरेपछि २९ गते देखि शिल गरिएको आसपासका क्षेत्रका एक घर एक व्यक्तिको स्वाब संकलन गरिएको छ । यस अगाडी वैदेशिक रोजगारीबाट फर्किएकार क्वारेन्टाइनमा बसेका र अस्पतालमा उपचार गराउन पुगेकाहरुमा मात्र संक्रमण देखिएको थियो ।
तानसेन नगरपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा संक्रमित महिलासंग सम्र्पकमा आएका १२ जना र समुदायका ३ सय २३ गरी ३३५ जनाको स्वाब संकलन गरिएको हो । तिन वटा बुथ मार्फत पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजका स्वास्थ्यकर्मी सहितको टोलीले स्वाब संकलन गरेको हो । समुदायस्तरमा फैलिएको छ वा छैन भनी नमूनाको रुपमा परिक्षण गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पा निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताउनु भयो ।
जिल्लाका १० वटै स्थानीय सरकारले समुदायस्तरमा कोरोना परिक्षण गर्न थालेका छन् । निस्दीले एक सय १८ जना गरेको छ भने पूर्वाखोला र रैनादेवी छहरा गाउँपालिकाले समेत सोमबार नै स्वाब संकलन गरिएको छ । यस अगाडी तानसेन नगारपालिकाका सुरक्षाकर्मी, व्यापारी, पत्रकार र स्वास्थ्यकर्मीहरुको परिक्षण गरिएको थियो । स्वाब संकलन गर्न थालेपछि समुदाय स्तरमा त्रास कम भएको र उत्साहित भएको स्थानीय नारायण बहादुर कार्कीले बताउनु भयो ।
जिल्लामा हालसम्म ४५ सय जनाको स्वाब संकलन गरी पिसिआर प्रविधिबाट कोरोना संक्रमणको परिक्षण गरिएको छ । ५ सय ६३ जना संक्रमण देखिएको मध्ये ५ सय ६० जना अन्य निको भएर घर फर्किएका छन् । संक्रमित २ जना आइसोलेसनमा रहेका छन् भने भारतबाट फकिएका एक जना कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago