पाल्पा । कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या ६ लाख नाघेको छ । आठ महिनाअघि चीनको वुहानबाट सुरु भएर विश्वका दुई सय तेह्र देशमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या छ लाख नाघेको वल्डाेमिटरले जनाएको छ । यो समाचार सम्पादन गर्दा सम्म ६ लाख १ सय ३१ जनाको मृत्युु भएको छ । कोरोना प्रभावबारे विश्वको तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डाेमिटरका अनुसार विश्वका एक करोड ४२ लाख १५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा ६ लाखभन्दा धेरैको ज्यान गएको छ । ८४ लाख ८७ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।
सबैभन्दा प्रभावित तीन देशहरु
अमेरिका :-
कोरोनाको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ । अमेरिकामा ३७ लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण हुँदा एक लाख ४२ हजारभन्दा धेरैको ज्यान गएको छ ।
ब्राजिल :-
दोस्राे नम्बरमा परेकाे ब्राजिलमा २० लाख ४८ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा ७७ हजार नौ सयभन्दा धेरैको ज्यान गएको छ ।
भारत :-
तेस्राे नम्बरमा छिमेकी देश भारतमा १० लाख ४० हजार नौ सय भन्दा धेरैमा सङ्क्रमण हुँदा २६ हजार दुई सय ९५ जनाको ज्यान गएको छ । भारत कोरोनाकाे कारण धेरैको ज्यान जाने देशको सूचीमा भने आठौँ नम्बरमा रहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…