पाल्पा । पटकपटक खुल्दै बन्दहुँदै आएको सिद्धार्थ राजमार्ग शनिबार पनि अबरुद्ध भएको छ । तानसेन-बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर रुपमा पहिरो खस्दा शुक्रबार रातीदेखि सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका कार्यालय प्रमुख पृथ्वीनारायण काफ्लेका अनुसार शनिबार राती १२ बजे पछि गएको पहिरो खसेकाे थियो। उनका अनुसार साे स्थानमा बुटवल बाट पाल्पा तर्फ आउँदै गरेको एक ट्रक पुरिएको छ । पहिरो खसेको देखेपछी पहिरो बाट बच्नका लागी ब्याक गर्ने क्रममा नालीमा फसेको लु १ क ११७५ नम्बरकाे ट्रक पहिरोले पुरिएको अवस्थामा रहेको छ ।
माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेकाले डोजर लगाउन सडक सुचार गर्न केही समय लाग्ने ट्राफिक प्रमुख काफ्लेले बताए । पहिराे खस्ने क्रम नराेकिएकाेले जोखिम भने कायमै रहेको छ जसले गर्दा बाटोबाट पहिरो हटाउन समस्या भएको छ उनले भने । पहिरोका कारण सवारीसाधन बाटोमा अलपत्र अवस्थामा रहेका छन ।
निरन्तर रुपमा पहिरो खस्ने क्रम भैरहेको हुँदा यहाँको यात्रा जोखिमपूर्ण रहेको छ । पानी पर्नासाथ फेरि खस्ने जोखिम कायमै छ । यो बाटोमा यात्रा गर्ने यात्रुलाई बाटोको बारेमा जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको आग्रह रहेको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…