स्याङ्जा । जिल्लाको मुख्य पर्यटकिय स्थल भालुपहाडमा पहिचान बोर्ड राखिएको छ । पुतलीबजार नगरपालिकाको सहयोगमा भित्तामा खोपेर `BHAlU PAHAD´ लेखिएको ठूलो बोर्ड राखिएको हो । भालुपहाड कास्की जिल्लावाट स्याङ्जा प्रवेश गर्दा स्याङ्जाको पहिचान दिने पहिलाे प्रयटकिय स्थल हाे ।
पहाडलाई खापेर वनेकाे सिद्दार्थ राजमार्गको नागबेली सडक र ढुङ्गाको डरलाग्दो पहाड यहाँको मुख्य आकर्षण को प्राकृतिक सम्पदा हो ।
पुतलीबजार नगरपालिकाको लक्ष स्थान पहिचानका साथै आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत नगरपालिकाले बिनियोजन गरेको ९० हजार रुपैयाँको लागतमा बोर्ड राखिएको पुतलीबजार नगरपालिका वडा नम्बर ४ का अध्यक्ष ओम खड्काले जानकारी दिनुभयो । अध्यक्ष खड्काका अनुसार डिभिजन बन कार्यालय स्याङ्जाको समन्वयमा भित्तामा खोपेर बर्ड राखिएको हो । भालुपहाड सहासिक पर्यटन रक क्लाईम्विङ, वन्जी जम्पिङ, जलाशाय मार्फत जलयात्रा, ऐतिहासिक नुवाकोट सम्म पदयात्रा सहित पर्यटनको सम्भावना बोकेको स्थल हो । विगतका केहि वर्षदेखि सिद्धार्थ राजमार्ग भएर यात्रागर्ने यात्रुहरु यो स्थानमा तस्बिर लिने, आराम र रिफ्रेस हुने स्थल बनेको छ । भालुपहाडलाई पृष्ठभूमिमा राखेर फाटाे खिच्न लाईनमा प्रतीक्षा गर्नेहरुको लाइन देख्न सकिन्छ ।
पुष्ठभुमिकाे पहाडमा लेखेको बोर्ड राखिए संगै यो क्षेत्रको प्रचारप्रसारमा थप बिस्तार हुनेछ र पर्यटनको आवागमनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…