सडक निर्माण, मर्मत-सम्भार तथा विस्तार गर्ने बिधेयक पारीत

पाल्पा । ५ नम्बर प्रदेशसभाको भौतिक पूर्वाधार विकास समितिले सडक निर्माण, मर्मत-सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । संसदीय समितिको बैठकले विधेयकमाथि केहि संसोधनसहित सर्बसम्मतिले पारित गरेको हो । विधेयकमाथि भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरी तथा मन्त्रालयका सचिव र सम्बन्धित कर्मचारी बिचको पटक-पटकको छलफलपछि पारित भएको थियो । समितिका सभापति आशा स्वर्णकारको सभापतित्वमा सम्पन्न बैठकमा समितिका सदस्य नारायण आचार्य, इन्द्रप्रसाद खरेल, दिनेश पन्थी, जाल्पा भुसाललगायतले विधेयकमाथिको छलफलमा आ–आफ्ना राय व्यक्त गर्नुभएको सदस्य माननीय नारायण आचार्यले जानकारी दिनुभयो ।
के छ बिधेयकको बिशेषता तथा मुख्य प्राबधान :

  • सडकमा पशुपक्षी छाडिएका कारण हुने दुर्घटना तथा सडकका औजारहरु मर्मत सम्बन्धि विषयलाई थप गरिएको ।
  • तराई क्षेत्रमा प्रदेश लोकमार्ग २५ मिटर कायम भएको ।
  • प्रादेशिक सडक १५ मिटर कायम हुनुपर्ने ।
  • पहाडी क्षेत्रमा प्रदेश लोकमार्ग १५ मिटर हुनुपर्ने ।
  • पहाडी क्षेत्रमा सडक १० मिटर हुनुपर्ने । ब्यवस्था रहेको छ ।

बैठकले पारित गरेको विधेयक प्रदेश सभाले पारित गरेपछि लागू हुनेछ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago