काठमाडौं । नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढीरहेको छ । बुधबार राती सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा एक ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी यातायात ब्यवसायी रहेको नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । सिटौलाका अनुसार उनले भारत बाट आएका ब्यक्तीहरुलाई सिमा नाका बाट क्वारेन्टाइन सम्म ओसारपसार गर्ने गरेका थिए ।
कोरोना संक्रमित उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भैरहेको थियो । उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । गोदावारी नगरपालिका – ४ निवासी ४६ वर्षीय उनमा गत जेठ ३२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको मृत्युको पुष्टि गरीसकेको छैन ।
ब्यवसायीको मृत्यु संगै सार्बजनिक यातायात क्षेत्रमा काम गर्ने सवारीधनी, कर्मचारीहरुमा जोखिम बढेको देखिएको छ । भारतबाट आउने अधिकाङस नागरिकलाई सार्बजनिक सवारीका साधनले क्वारेन्टाइन सम्म ओसारपसार गरेका छन । उनिहरु मध्ये केहिमा स्वास्थ सुरक्षाको मापदण्ड अपनाइएको छ भने अधिकाङसमा आवस्यक स्वास्थ्य सुरक्षाका विधि अपनाइएको छैन । जसका कारण यातायात क्षेत्रमा काम गरि महामारीको समयमा उद्धारमा जुटेका चालक मजदुर नै उच्च जोखिममा परेका छन । तस्बिर गुगल बाट
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…