५० प्रतिशत अनुदानमा माैरीजन्य सामाग्री वितरण गर्दै बगनासकाली गाउँपालिका

सन्ताेष गहतराज, पाल्पा । बगनासकाली गाउँपालिकाले पालिका भित्रका माैरी पालन कृषकहरूलाई ५० प्रतिशत अनुदानमा माैरी र माैरी जन्य सामाग्री वितरण गरेकाे छ ।
गाउँपालिकाकाे पाँचौ गाउँ सभाबाट स्वीकृत कृषि कार्यक्रम अन्तर्गत माैरी गाेला,खाली माैरीकाघार तथा माैरीजन्य सामाग्रीहरू ५० प्रतिशत अनुदानमा वितरण गरेकाे हो ।
गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बग्नासकाली गाउँपालिकामा माैरी व्यवसायकाे सम्भावना भएको भन्दै मौरी गाउँका रूपमा चिनाउन विगत बर्ष देखि नै विभिन्न अनुदानका कार्यक्रम मार्फत कृषकहरूलाई माैरी पेशा प्रति सँलग्रहुन प्रेरित गरिरहेकाे बताउनुुुु हुन्छ ।

पालिकाले कृषकहरूकाे मागकाे आधारमा आएका निवेदन मध्ये विभिन्न मापदण्डका आधारमा कृषकहरूलाई माैरीघार, गाेला सहित माैरीघार लगाएत अन्य माैरीजन्य सामाग्रीहरू मह प्रशाेधन गर्ने महदानी तथा आधारचाका वितरण गरेकाे गाउँपालिकाका प्रशासकृय अधिकृत सुन्दर श्रेष्ठले बताउनु भयाे । श्रेष्ठका अनुसार २३ वटा माैरी गाेलाघार, ४२ वटा खालीघार लगाएत अन्य माैरी जन्य सामाग्रीहरू पालिकाले कृषकलाई वितरण गरेकाे छ ।
पालिका उपाध्यक्ष सरस्वती चिदीले माैरीपालन व्यवसायी कृषकहरूले व्यावसायिक रूपमा पालन गरेमा यसबाट निरन्तर रूपमा आम्दानी गर्न सकिने भएकाले कृषकहरूलाई व्यवसायी रूपमा लाभलिन आग्रह गर्नुभयो । गाउपालिकाका कृषि शाखा प्रमुख राजेश बाेहाेराले अहिले बग्नासकाली गाउँपालिकाले कृषकहरूकाे हितका लागि कृषिमा विभिन्न अनुदानका कार्यक्रमहरू ल्याएकाे बताउदै गाउँपालिकाले धान खेती गर्ने कृषकहरूलाई अनुदानमा धान वितरण गरेकाे र अहिले माैरी पालन गर्ने कृषकहरूलाई मध्ये नजर गरि माैरी पालनमा अनुदानकाे कार्यक्रम ल्याई सामाग्री वितरण गरेकाे बताउनु भयाे ।

पालिकाले कृषकलाई राहत विभिन्न प्याकेज सन्चालन गरेको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago