सन्ताेष गहतराज, पाल्पा । बगनासकाली गाउँपालिकाले पालिका भित्रका माैरी पालन कृषकहरूलाई ५० प्रतिशत अनुदानमा माैरी र माैरी जन्य सामाग्री वितरण गरेकाे छ ।
गाउँपालिकाकाे पाँचौ गाउँ सभाबाट स्वीकृत कृषि कार्यक्रम अन्तर्गत माैरी गाेला,खाली माैरीकाघार तथा माैरीजन्य सामाग्रीहरू ५० प्रतिशत अनुदानमा वितरण गरेकाे हो ।
गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बग्नासकाली गाउँपालिकामा माैरी व्यवसायकाे सम्भावना भएको भन्दै मौरी गाउँका रूपमा चिनाउन विगत बर्ष देखि नै विभिन्न अनुदानका कार्यक्रम मार्फत कृषकहरूलाई माैरी पेशा प्रति सँलग्रहुन प्रेरित गरिरहेकाे बताउनुुुु हुन्छ ।
पालिका उपाध्यक्ष सरस्वती चिदीले माैरीपालन व्यवसायी कृषकहरूले व्यावसायिक रूपमा पालन गरेमा यसबाट निरन्तर रूपमा आम्दानी गर्न सकिने भएकाले कृषकहरूलाई व्यवसायी रूपमा लाभलिन आग्रह गर्नुभयो । गाउपालिकाका कृषि शाखा प्रमुख राजेश बाेहाेराले अहिले बग्नासकाली गाउँपालिकाले कृषकहरूकाे हितका लागि कृषिमा विभिन्न अनुदानका कार्यक्रमहरू ल्याएकाे बताउदै गाउँपालिकाले धान खेती गर्ने कृषकहरूलाई अनुदानमा धान वितरण गरेकाे र अहिले माैरी पालन गर्ने कृषकहरूलाई मध्ये नजर गरि माैरी पालनमा अनुदानकाे कार्यक्रम ल्याई सामाग्री वितरण गरेकाे बताउनु भयाे ।
पालिकाले कृषकलाई राहत विभिन्न प्याकेज सन्चालन गरेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…