क्वारेन्टाइन ब्यवस्थित हुनुपर्छ ।

कोरोना ( COVID -19 ) को महामारी विरुद्ध सारा मानव जाती लडिरहेको छ। कोरोना भाइरसको संक्रमण बाट हाम्रो मुलुक र नेपाली नागरिक हरुपनी अछुतो रहन सकेन। अहिले सम्म २९२ जनामा संक्रमण  ३६ जना निको र २ जनाको मृत्यु भएको पुष्टि भएको छ। आज लकडाउनको ५५ औं दिन हामी अनिश्चितताको बिचबाट एकान्तबासमा गुजारी रहेका छौं । बाकी लकडाउन थपिदै जानेछ अवस्यक सुरक्षा अपनाउदै एकले अर्काको सहयोग गर्दै सामाजिक दुरि कायम गर्दै जिबनरक्षा गर्नु हाम्रो कर्तव्य बनेको छ।यो हाम्रो बाध्यता र अवस्यकता दुबै हो। आशा छ हाम्रो अथक प्रयास बाट हामिले कोरोना भाइरस विरुद्धको लडाइ सहजै जित्नेछौं यो लडाइको मैदानमा अग्र मोर्चामा खटिनुहुने  डाक्टर सहित सम्पुर्ण स्वास्थय कर्मी ,सुरक्षा कर्मी ,पत्रकार लगाएत सम्बन्धित सबैलाई हार्दिक धन्यवाद ।

 हाम्रा बिचमा केही परिस्थिति हरु देखिदै आएका छ्न तुलनात्मक हिसाबले नेपालले प्रयाप्त समय पाउँदा पाउदै पनि सत्ताको लाचार प्रवृत्तिको कारणले अवस्यक तयारी पूरा भएनन खाली ओम्नि संगको घोटाला काण्ड, अध्यादेश, सत्तासिन हरुको आन्तरिक भिडन्त ,नेपाल बाहिर रहेका नागरिक हरुमाथी राज्यको लाहाचारीपन ,मजदुर हरुलाइ सयौं किमि हिडाएर शोषण , राहतको नाममा राजनीति , सिमानामाथी अतिक्रमणको पीडा ( भारतले ), भोग्दै आइपुगेका छौ । शक्तिशाली मुलुकमा त कोरोनाले छोडेन हामिले गर्न सक्न्ने केहि संकेतहरु देखिएका छैनन। बुटवल धागो कारखानामा  ३४ बर्षका पुरुषको क्वारेन्टाइनमा मृत्यु भयो मृत्यु पश्चचात स्वाब परिक्षणका लागि शुक्रराज ट्रफिकलमा पठाइयो। रिपोर्ट नेगेटिभ आयो तर केही दिन शब उठेन। हिजो मात्रै पहिलो कोरोना संक्रमीत सिन्धुपाल्चोककि २९ बर्षकि महिलाको ज्यान गयो जसको शब उठाउन कुनै तयारी थियन यसबाट राज्यको अवस्था के छ भन्ने प्रष्ट हुन्छ। हिजोको घटनामा जोखिम मोल्न तयार हुने सामाजिक अभियान्ता हरुलाइ सलाम। आज बाकेमा एकजना युबकको क्वारेन्टाइनमै रहदा पिपिइ र एम्बुलेन्सको अभावमा अस्पताल जान नपाइ मृत्यु भयो। 

विडम्बना सुरुमा गाउँ गाउँमा बिस्तारा बोकेर स्कुल स्कुल  जनप्रतिनिधिहरु फोटो खिचेर हिडे, पिपिइ भनेको मलाइ थाहा भएन भन्दै मन्त्री ढकालले अभिव्यक्ति दिए। केही पिपिइ गाउँ र नगरका जनप्रतिनिधिहरुले लगाउदै फोटो सेसन गरे। क्वारेन्टाइन निर्माण गरिएको भन्दै हल्लाखोर गरे बिना आधार जो भेटायो जसको पहुँच छैन उसैलाइ क्वारेन्टाइनमा हालियो र सरकारको बजेट रित्याउन विभिन्न नाटक गरियो। क्वारेन्टाइनका पुर्बाधार के हुन भन्ने वास्ता नगरी त्यहा  खानपान , स्वास्थय सामाग्री, सामाजिक दुरि लगाएतका पुर्बाधार बिना मान्छेलाइ संकाको भरमा कोच्ने परिक्षण बिना कोरोना संक्रमितको कहलाएर तुत्छ ब्याबहार गर्ने काम भैरहेको छ। बर्तमान अबस्थामा आइपुग्दा माक्स स्यानिटाइजरको कालोबजारी मौलायो अहिले पनि प्रयाप्त उपलब्धता र उत्पादनमा ध्यान दिइएन। अहिले साधारण जनताको हालत त छोडौं स्वास्थयकर्मी र सुरक्षाकर्मीको हालत हेरौं जो अग्र मोर्चामा ज्यानको बाजि राखेर लडिरहेका छ्न उनीहरु समेत उपकरण बिहिन छ्न। काठमाडौं बसेर सत्ता हाकिरहेका महासय हरुका त कुरै छोडौं माननीय संसद हरुले ५/५ पिसका दरले कार्यकर्ता भएको ठाउमा मास्क ,पिपिइ, थर्मल गन  बाढेर समाचार लेखाउनु सिबाय केही गरिरहेका छैनन। इनिहरुले सिक्नु जरुरी छ यो झाडापखाला ,औलो जस्तो महामारी होइन जुन गरिबी, अशिक्षा भएको ठाउँमा मात्रै पुग्छ यो खेलचारीले  सिंहदरबार, बालुवाटार, लैनचौर र बालकोट पनि कोरोना पुग्नेछ हेक्का रहोस।

खाली स्थानीय तहका जनप्रतिनिधिहरुको जिम्मामा सबै काम छोडेर गरिब, किसान र मजदुरम र बिदेशी स्थित नेपाली हरुले श्रम र पसिना बेचेर बचाएको माननिय हरुले  बिर्सनुभएको छ। के जनताले स्थानीय जनप्रतिनिधि हरुलाइ मात्रै भोट हालेका हुन ? प्रदेश जस्ता सेता हात्तिसार किन खडा गरिएको जनताको माथिको शोषण लाई झन चर्काउनु हो? आइसोलेशन कक्ष भिआइपी लाई र जनतालाई अव्यवस्थित क्वारेन्टाइन स्वीकार्य छैन। कोहि पनि नागरिकले परिक्षण बिना मर्न नपरोस, क्वारेन्टाइनमै बसेको कारण ज्यान जाने स्थिति नबनोस ,क्वारेन्टाइनहरु भाइरस सार्ने माध्यम बन्नेछैनन, मृत्यु पछि परिक्षण गर्ने प्रचलन अन्त्य होस र दिनरात खटिने स्वास्थकर्मीहरु र सुरक्षाकर्मीहरुको सुरक्षा र अवस्यक उपकरणको प्रबन्ध हुनेछ। जनतालाइ महामारी बाट बाच्नआत्मबल र सुरक्षाको प्रत्याभुती होस । कोरोना को संक्रमण रोक्न सरकारको विशेष ध्यान पुहोस ।

लेखक : पुरन पोख्रेल बिध्यार्थी नेता हुनुहुन्छ 

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago