कावासोती २ मा लकडाउनमा कडाइ,उल्लंघन गरे कारबाही गरिने अध्यक्ष पौडेलको भनाई ।

नारायण प्रभु , बैशाख ५ नवलपुर , कोरोना भाइरसको संक्रमणले बिश्व आक्रान्त भैरहेका बेला नवलपुरका स्थानीय तहहरुले पनि लकडाउनमा कडाइ गर्न शुरु गरेका छन।

स्थानीय युवाहरूको  सक्रियतामा कावासोतीका सबैजसो वडाहरु शिल गरिसकिएको भएतापनि वडा नं. २ मा चहलपहल बढी हुन थाले पछि आजदेखि यस वडामा पनि लकडाउनमा कडाइ गरिएको अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले जानकारी गराउनु भयो। पुर्व पश्चिम राजमार्गको उत्तरतर्फ कावासोतीको मुख्यबजार वरिपरि र भित्री सडकहरुमा बिहान र साँझमा मानिसहरुको बाक्लो उपस्तिथि हुने हुँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै लकडाउनलाई कडाइ गरिएको अध्यक्ष पौडेलको भनाइ रहेको छ। 

हिजो एक सूचना प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालय( ब.सु.पु.) को निर्णय अनुसार नै अत्यावश्यक पर्ने खाद्यान्नका पसलहरु बिहान ७ देखि ९ र साँझमा ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने बताइएको छ।अत्यावश्यक काम बाहेक जो कोहिलाई पनि घर बाहिर ननिस्कन बताइएको छ भने आफ्नो घर वरिपरि कोहि नयाँ व्यक्ति देखिएमा टोलबिकास संस्था वा वडा कार्यालयमा जानकारी गराइ सहयोग गरिदिन पनि सूचनामा जानकारी गराइएको छ।

वडा न. २ मा मानिसहरूको चहलपहल बढ्न थाले पछि वडाध्यक्ष सहितको टोलिले आजै देखि अनुगमनलाई तिब्रता दिइएको छ।बिहानै देखि अनुगमनमा निस्किएको टोलिले वडाका व्यस्त चोकदेखि  हाट बजारमा रहेको तरकारी पसलहरुमा समेत पुगेर भिड व्यबस्थापन गर्न निर्देशन दिएको छ।

बिहान र साँझमा पैदलयात्रा गर्ने मानिसहरूले सडक नै अबरुद्ध गर्न थालेपछी लकडाउनको कुनै अर्थ नरहेको बताउदै सकेसम्म घरभित्रै शारीरिक अभ्यास गरिदिन पनि अध्यक्ष पौडेलले अनुरोध गर्नुभएको छ।यदि वडाको निर्देशन नमानी लकडाउनको उल्लंघन गरेको पाइएमा आवश्यक कारबाही पनि गर्न सकिने उहाँले बताउनुभयो।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago