फाइल फोटो
काठमाडौं, पुष २ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टेलिभिजन कार्यक्रम चलाउने भएका छन् । उनले सामाजिक विषयवस्तुमा आधारित कार्यक्रम चलाउने भएका हुन् ।
द होराइजन मल्टिमिडियाले निर्माण गर्ने उक्त कार्यक्रमको नाम ‘ऐना’ रहनेछ । २६ भागको उक्त कार्यक्रम माघ ७ गतेदेखि प्रसारणमा आउनेछ ।
कार्यक्रम ऐना कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार राति ९ बजे एक घण्टा प्रसारण हुनेछ । बिहीबार पत्रकार सम्मेलन गरेर कार्यक्रम ऐनाबारे जानकारी दिइएको हो । ग्लोबल आइएमई बैंकको प्रयोजन र चौधरी फाउन्डेसन र आइएनजी ग्रुपको सहप्रयोजनमा उक्त कार्यक्रम सञ्चालन हुनेछ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…