वाग्मती। वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिकाका ४२५ घरपरिवारलाई कम्बल वितरण गर्नुभएको छ । सामाजिक संस्था बाल विकास कार्यक्रम नेपालको आयोजना एवं केएफएचआइ नामकसंस्थाको सहयोगमा बुधबार उहाँले कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ९ र १० का ४२५ परिवारलाई कम्बल वितरण गर्नुभएको हो ।
वृद्धवृद्धा, असहाय र गरिबलाई चिसोबाट जोगाउन प्रतिपरिवार एउटाको दरले ४२५ परिवारलाई कम्बल वितरण गरिएको छ । त्यसअवसरमा सभामुख श्रेष्ठले नागरिकलाई चिसोबाट जोगाउने दायित्व सबैको भएको बताउनुभयो ।
चिसो मौसम शुरु भएको र उक्त क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले संस्थाले आफ्नो कार्यक्षेत्रका नागरिकलाई चिसोबाट जोगाउनेउद्देश्यका साथ कम्बल वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भई न्यानो ओढ्ने, ओछ्याउने नभई समस्या उत्पन्न हुनसक्नेअवस्थालाई ध्यानमा राखेर कम्बल वितरण गरिएको बाल विकास कार्यक्रम नेपालका संयोजक रामलाल स्याङ्बोले बताउनुभयो ।संस्थाले गाउँपालिकाको ३, ४, ९, १० वडालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।
हेटौँडा बजारमा पैदलयात्रुका लागि कुर्ची
वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मुख्य शहर क्षेत्र हेटौँडा बजार क्षेत्रमा पैदलयात्रुको सहजताका लागि बजारका विभिन्नस्थानमा सिमेन्टका कुर्ची व्यवस्थापन गरिएको छ । हेटौँडाका ठाउँठाउँमा पैदलयात्रुलाई बस्नका लागि विभिन्न बजारी क्ष्ोत्रमासिमेन्टका २५ वटा कुर्ची राखिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो ।
सो कुर्चीको आर्थिक व्यवस्थापन हेटौँडा उपमहानगरपालिकाले गरेको छ । हेटौँडाको बुद्धचोकमा चार, सिमाचोकमा तीन, अजम्बरोडमादुई, वासुकला चोकमा तीन, मानसचोकमा दुई, नगरपालिका रोडमा चार र मनकामना जाने बाटोमा छ वटा कुर्ची राखिएको छ ।
सिमेन्टका रङ्गिन कुर्ची राखिएपछि यात्रुलाई बस्नका लागि सजिलो भएको र यस क्षेत्र सुन्दरसमेत देखिएको छ । बस्नका लागि कुर्चीराखेपछि यात्रुसमेत खुशी भएका छन् ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…