सुन्तलाको बोट छ, फल छैन

लमजुङ। लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृतस्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै छन्   सुन्तला बिक्रीबाट मात्रै वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएका बेँसीशहरनगरपालिका११ स्याउत गाउँका सुरेशबाबु पाण्डेका सुन्तलाको बोटले केही वर्षदेखि फल दिन छाडेको पन्ध्रसोह्र वर्षअघिदेखि चारसय रोपनीमा तीन सयभन्दा बढी बोटले फल दिँदै आएका थिए त्यसबाट वर्षेनी रु तीन लाखदेखि चार लाखसम्म आम्दानी हुने गरेकोथियो

केही वर्षदेखि सुन्तलाका बोट मर्दै जाने क्रममा यतिबेला रोगले सबै सखाप भइसकेको किसान पाण्डेले भन्नुभयो, “अहिले परिवारले खाने पनि सुन्तला छैन सुन्तला सखाप भए पनि धान, मकैखेती गर्न थालिएको गाउँमै सबैभन्दा पहिला करीब ४० वर्षअघिदेखि नौ रोपनी क्षेत्रफलमा पाँच सयभन्दा बढी सुन्तलाका बोट लगाएर फल दिन थालेपछि वर्षेनी रु पाँच लाखभन्दा बढी आम्दानीगर्दै परिवारको खर्चमा टेवा पुग्दै आएको थियो

पाँच वर्ष अघिदेखि सुन्तलाका बोटमा लागेको रोगका कारण मासिँदै जाँदा यतिबेला १९५ बोट मात्र बाँकी   यस वर्ष रु एक लाखजति मात्रै आम्दानी हुने अपेक्षा रहेको उहाँले बताउनुभयो

उहाँहरुको मात्रै नभई गाउँमा रहेका ८० घरपरिवारले नै लामो समयदेखि सुन्तला लगाउँदै आए पनि बोटमा  रोग लागेपछि अधिकांशकोसुन्तला मरिसकेको केहीको मात्रै अलिअलि बाँकी  छन् बाह्र वर्षका बीचमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्ने जस्ता समस्या किसानले झेल्दै आए पनि समाधान गर्न नसक्दा गाउँभरिका सुन्तलाबारी नैसखाप भइसकेको किसान उत्तमराज पाण्डेले बताउनुभयो   उहाँले भन्नुभयोठीक यही समयमा सुन्तला बगैँचा हेर्दै  खाँदै किसानहरुआफूले लगाएको बारीको सुन्तला यो साल यति लाखमा बेच्छु त्यो पैसाले यो काम गर्छु भन्दै योजनासहित खुशी भएर बसेका हुन्थेसुन्तला किसानले व्यापारीसँग राम्रो मूल्यमा बिक्री गर्दै आए पनि केही वर्षदेखि सुन्तलाले फल दिन नसक्दा अवस्था फेरिएको

विगतमा धेरै वर्षसम्म सुन्तलाबाटै वार्षिक रु चार लाखसम्म आम्दानी गर्नुभएका रमेशराज पन्तको आम्दानी वार्षिक रु ५० हजार पनिमुश्किलले  हुने गरेको धेरै स्याहारसुसार   मलजल गरेर मुश्किलले ३० बोट जोगाएकाले अहिलेसम्म आम्दानी लिइरहेको उहाँकोभनाइ   गाउँभरिका बगैँचाबाट केही वर्षअघिसम्म वार्षिक रु दुई करोडभन्दा बढी आम्दानी हुने गरे पनि पाँच वर्षदेखि रु १०÷१५ लाखमात्रै आम्दानी हुने गरेको सुन्तला कृषक कृष्णप्रसाद पन्तले बताउनुभयो कत्ले, पतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने सिट्रेस डिक्लाइन(उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरस जस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा  किसानले ध्यान नदिएकाले सुन्तला बगैँचा मासिने क्रम बढेको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको

कार्यालयका सूचना अधिकारी मदन रेग्मीका अनुसार साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत साविकचितीको स्याउत गाउँबाहेक करापुटारको बेतिनी, तार्कुको गहते, भोर्लेटारका लामासोती   भोटेओडार, उदीपुरको धिमिरे, गाउँशहरलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंँचा मासिँदै गएको हजार मेट्रिक टनसम्म सुन्तला उत्पादनहुने गरेको  जिल्लामा यस वर्ष एक हजार मेट्रिक टन सुन्तला उत्पादनसमेत नहुने देखिएको रेग्मीको भनाइ   जिल्लामा एक हजार २००हेक्टर क्षेत्रफलभन्दा बढीमा सुन्तला खेती हुने गरे पनि केही वर्षदेखि करीब दुई सय हेक्टर क्षेक्रफलमा मात्र सुन्तला खेती हुने गरेकोकार्यालयले जनाएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago