प्रहरीबाट न्यूनदृष्टियुक्त र अशक्तलाई दशैँ राहत

रोग लागेर दुवै खुट्टा गुमाएका सिन्धुपाल्चोकका निमा लामा मुखैमा आएको बडादशैँमा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामाहुनुहुन्थ्यो केही युवाले राहत ल्याइदिने खबर सुनाएपछि खुशीले दुई दिनदेखि उहाँलाई निद्रा परेको थिएन

आज राहत लिने दिन भएकाले उहाँ काठमाडौँको चुच्चेपाटीमा अपराह्न बज्नुअघि नै ह्वीलचियर गुडाउँदै आइपुग्नुभयो उहाँलाई नेपालप्रहरीको एउटा समूहले एक पोका राहत उपलब्ध गरायो त्यसमा थियो १० किलो चामल, आधा लिटर तेल, एकएक किलाको दरमादाल, चना, नुन मसला तथा साबुन राहत पाउँदा उहाँको मुहारमा खुशीको चमक देखियो थोरै नै भए पनि सहयोग दिनु ठूलो हो, (अन्यलाई औँल्याउँदै) यतिका धेरै मानिसलाई राहत दिइएको , खुशी नै छु”, लामाले भन्नुभयो ।

फोटो फाईल

काठमाडौँमा बसेको निकै वर्ष भए पनि कोरोनाकालमा बेहोरेको सकस उहाँलाई कहिल्यै नमेटिने छाप बनेको कठिनाइ अझैहटिसकेको छैन उहाँ कुनै बेला खाना वितरण गरेका ठाउँमा पुगेर भात खानुहुन्छ, कतै राहत दिएको चाल पाए त्यहीँ पुग्नुहुन्छ दैनिकीयसैगरी बितिरहेका बेला निकैपछि घटस्थापनाको दिन आज एक पोका राहत पाउँदा उहाँ निकै खुशी हुनुभयो

लामासँगै सेतो लौरो टेकेर धेरै न्यूनदृष्टियुक्तहरु चाबहिल जोरपाटी सडकपेटीमा लामबद्ध हुनुहुन्थ्यो लस्करै बसेका उनीहरुका अगाडिनेपाल प्रहरीले राहतका पोका राखिदियो छामछुम गर्दै सबैले आआफ्नो पोका सम्हाल्नुभयो आपसमा कानेखुशी गर्दै एक जनालेभन्नुभयो, “राहत थोरैथोरै पो ” “थोरैै भए पनि दिएको , चित्त बुझाऊ ”, अर्काबाट जवाफ आयो

न्यूनदृष्टियुक्त अमर ओलीले दशैँका मुखमा राहत पाएकामा खुशी व्यक्त गर्नुभयो खै कुन संस्थाले दियो थाहा भएन, तपाईँ पत्रकारहुनुहुँदो रहेछ, त्यो संस्थालाई धन्यवाद सुनाइदिनू”, उहाँले भन्नुभयो सुर्खेतका ओलीको विसं २०६० मा दुवै आँखा बन्द भएको थियो शल्यक्रियापछि एउटा आँखाले घुर्मैलो देख्न थाल्दा केही खुशी थपियो अहिले विस्तारै त्यही आँखो कमजोर हुँदै जाँदा उहाँ चिन्तितहुनुहुन्छ ओली सडकमा दैनिक गीत गाएर परिवारको गुजारा चलाउनुहुन्छ कोरोनाकालमा गीत गाउन पनि गाह्रो भइरहेको उहाँसुनाउनुहुन्छ   पाँच महिनाको कोठाभाडासमेत तिर्न नसकेको अनुभव उहाँसँग त्यो ऋण अझै तिर्न सकिएको छैन उहाँ आज प्राप्तखाद्य सहयोगले दशैँका मुखमा केही राहत मिलेको बताउनुहुन्छ

उहाँसँगै राहत प्राप्त गर्नुभएका अर्का न्यूनदृष्टियुक्त दिवस विष्टले केही दिनलाई छाक टार्न समस्या नपर्ने बताउनुभयो उहाँ पनि सडकमागीत गाएरै परिवार पाल्ने गर्नुहुन्छ समयमै आँखाको उपचार नहुँदा दृष्टि गुमाउनुभएका जुम्लाका विष्ट एकार्कामा सूचना प्राप्त भएकालेराहत लिन नारायणटारबाट चुच्चेपाटी आएको बताउनुहुन्छ उहाँ भन्नुहुन्छ, “गोकर्णेश्वर नगरपालिकाले पाँच किलो चामल दिएकोथियो, अहिले १० किलो पाउनु ठूलो राहत हो यसअघि बन्दाबन्दीका समयमा वितरण भएको राहत पाउनुपर्ने व्यक्तिले भने नपाएकोगुनासो उहाँको

नेपालीको महान् चाड शुरु भएको पहिलो दिन आज झण्डै १०० असख्क्त अपाङ्ग दृष्टिविहिनले राहत पाएका छन् ठुलो राहत नभएपनि सम्झेकोमा उनीहरु खुसी छन्

उक्त राहत विभिन्न बैँकसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराजपोखरेलका पहलमा वितरण गरिएको हो हामीकहाँ राहत चाहियो, दशैँमा भोकभोकै हुने भयौँ भनेर धेरै अनुरोध आयो”, पोखरेललेरासससँग भन्नुभयो, “त्यसैले इच्छुक बैंकसँगको सहकार्यमा विपन्न परिवारलाई राहत पु¥याएका हौँ

दशैंका मुखमा ५०० विपन्न अशक्त परिवारलाई राहत दिने योजना रहेको उहाँले जानकारी दिनुभयो आज पहिलो दिन  चुच्चेपाटी बौद्धका १०० जनालाई राहत उपलब्ध गराइएको राहत लिन आउनेमा न्यूनदृष्टियुक्त, अशक्त, असहाय अपाङ्गता भएका व्यक्तिथिए प्रहरीले आफैँ बौद्धसम्म पुगेर राहत वितरण गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारीदिनुभयो उहाँकै नेतृत्वमा स्थानीय युवाको सहयोगमा राहत पुर्याइएको थियो

  स्थानीय युवा प्रहरीले नामावली सङ्कलन गरेर छाक टार्न धौधौ भएका अशक्त   अपाङ्गता भएकाहरुको पहिचान गरी दशैँराहत दिइएको हो आगामी केही दिन विभिन्न ठाउँमा पुगेर पहिचान भएका त्यस्ता ५०० जनालाई राहत उपलब्ध गराउने योजना रहेकोपोखरेलले सुनाउनुभयो

यसअघि पोखरेलकै नेतृत्वमा बन्दाबन्दीका समयमा झण्डै हजार परिवारलाई यसैगरी राहत उपलब्ध गराइएको थियो खानेअन्नसमेत नभएर भोकभोकै बस्न बाध्य भएको भनी गुनासो आउन थालेपछि बन्दाबन्दीका समयमा राहत बाँडिएको उहाँले जानकारीदिनुभयो

Comments
sp sp

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago