पाल्पा । डाक्टरलाई नै कोरोना संक्रमण भएपछि पाल्पा अस्पताल बन्द भएको छ ।
दुई डाक्टरसहित अस्पतालमा रहेका एक जना सुरक्षाकर्मी र अन्य एक जनामा कोरोना संक्रमण भएपछि अस्पताल बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र पाण्डेले बताए। उनका अनुसार आकस्मिक सेवा भने बन्द हुने छैन। अन्य सबै प्रकारका सेवा भने बन्द रहनेछन्।
सेवाग्राहीमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बन्द गर्नु परेको उनले बताए।अर्को सूचना प्रकाशित नहुँदासम्म सेवा बन्द रहने अस्पतालले जानकारी दिएको छ। अस्पतालमा कार्यरत सबै कर्मचारीको समेत कन्टयाक्ट ट्रेसिङ गर्ने तयारी भइरहेको पाण्डेले बताए।केही दिनअघि नौ जनाको स्वाब परीक्षणका लागि पठाएकोमा चार जना संक्रमित रहेको पुष्टि भएको थियो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…