बडादशैँको नवरात्रि शुरु, भक्तपुरको ब्रह्मायणी भक्तजनको घुइँचो

यस वर्षको बडादशैँ पर्व आज शनिबारदेखि शुरु भएको आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगैयस वर्षको बडादशैँ शुरु भएको हो यसका साथै आजदेखि नवरात्रि पनि शुरु भएको

नवरात्रिका अवसरमा नौ दिनसम्म विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने परम्परा रहेको यसै सन्दर्भमा भक्तपुरको ब्रह्मायणीशक्तिपीठमा बिहानदेखि भक्तजनको घुइँचो लागेको कोरोना भाइरसको महामारीका कारण स्थानीय प्रशासन भक्तपुरनगरपालिकाले शक्तिपीठमा दर्शनका लागि नजान आग्रह गरे पनि सर्वसाधारण बिहानदेखि ब्रह्मायणी दर्शनका लागि पुगेका थिए

भक्तपुरमा नवरात्रिमा विभिन्न शक्तिपीठमा स्थान गर्ने दर्शन गर्ने परम्परा रहेको नवरात्रिको पहिलो दिन ब्रह्मायणीस्थित खोलामास्थान गरी ब्रह्मायणीको दर्शन गरिन्छ यस्तै दोस्रो दिन हनुमानघाटस्थित महेश्वरी मन्दिरमा मेला लाग्ने गर्दछ तेस्रो दिनमा देउलाटोलको बीचमा रहेको कुमारी मन्दिर मेला लाग्ने गर्छ भने चौथो दिनमा चुपिङघाटस्थित भद्रकाली मन्दिरमा मेला लाग्ने गर्दछ

त्यसैगरी दशैँको पाँचौँ दिनमा बाराही मन्दिरमा मेला लाग्छ दशैँको नौरथामा विभिन्न नौ देवीहरुको दर्शन गर्ने प्रचलनअनुसार छैटौँदिनमा बिहानै सिद्धपोखरीमा स्नान गरी खौमास्थित इन्द्रायणी देवीको दर्शन गरिन्छ सातौँ दिनमा कालीघाट खोलामा स्नान गरीव्यासीस्थित महाकाली मन्दिरको दर्शन गरिन्छ त्यस्तै शक्तिपीठबाहेक भक्तपुरको दरबार स्क्वायरको तलेजु क्वाठडौँस्थित कुमारीदेवगृहमा पनि मेला लागेको

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago