सन्तोष गहतराज , पाल्पा । सामाजिक कार्यमा सकृय रहेको सस्था पहिलाे पाइला नेपाल तानसेन पाल्पाकाे अध्यक्षमा लेख ब कुवर चयन हुनु भएको छ ।
पहिलो पाइला नेपालकाे विधि र विधान अनुसार अधिवेशन प्रत्येक २ बर्षमा गर्नुपर्ने भए अनुसार साेहि अनुरूप अधिवेशन सम्पन्न भएको हाे । जस्काे उपाध्यक्षमा कृष्ण राउत,महिला उपाध्यक्षमा अस्मिता जि सी,सचिवमा सुवास पाेखरेल,सह सचिवमा प्रदिप ज्ञवाली,काेषाध्यक्षमा किशाेर पाैडयाल तथा सदस्यहरूमा अन्नत पन्थी,जीवन तिवारी,सुस्मिता बस्नेत,अाेम प्र पाण्डे तथा माधव भण्डारी चयन हुनु भएको छ । नवनियुक्त अध्यक्ष कुवरले पहिलो पाईला नेपाल तानसेन पाल्पाले विगतका दिनहरूमा पनि सकृय भइ काम गरिरहेकाे बताउदै अागामी दिनहरू अझ सामाजिक कार्यमा सकृयका साथ कार्य गरि सबै मन मनमा पहिलो पाईला नेपाल तानसेन पाल्पा रहन सक्ने गरि काम गर्ने बताउनु भयाे ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…