फोटो फाईल
कोभिड–१९ को रोकथामका लागि म्याग्दीका गाउँबस्तीमा कटुवाल र माइकिङ गरेर सन्देश प्रवाह गराइएको छ ।
इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिका जस्ता आम सञ्चारमाध्यमको सहज पहुँच नभएका दुर्गम र विकट बस्तीमा कटुवालपरिचालन गरेर कोरोनासम्बन्धी सन्देश प्रवाह गराएका हुन् ।
कटुवालहरुले अतिआवश्यक कामबाहेक शहरबजारमा नजान, भेला नगर्न, साबुनपानीले हात धुन, शहरबाट आएकालाई अलग्गै बस्न, ज्वरो, रुघाखोकी लागेमा स्वास्थ्य संस्थामा जान अनुरोध गरिरहेका छन् । कोरोनाका बारेमा जानकारी गराउन कटुवाल हर्कजीतविश्वकर्मालाई घोक हाल्न (सबैले सुन्ने गरी चिच्याउन) लगाएको धवलागिरि गाउँपालिका–७ धारापानीका किरण थापाले बताउनुभयो ।बिरामी भएर पोखरा लगिएका धारापानीका ८६ वर्षीय वृद्धलाई बिहीबार कोरोना पुष्टि भएको थियो ।
“गाउँका सबैको घरमा सञ्चारमाध्यमको पहुँच नभएकाले ज्यालाबापत सिजन अनुसारका खाद्यान्न दिने गरी उहाँलाई कटुवाल नियुक्तगरिएको छ”, थापाले भन्नुभयो, “गाउँमा भेला, बैठक, खोप, वन, विद्यालय, विकास निर्माणको सूचना प्रवाह गराउने आधिकारिक व्यक्तिकटुवाल नै हुन् ।” कटुवाललाई सहज होस् भनेर अन्नपूर्ण गाउँपालिकाको वडा नं ६ को कार्यालयले एक थान ह्याड माइक उपलब्धगराएको छ । वडाका जनप्रतिनिधिको निर्देशनानुसार सबै बस्तीमा पुगेर सूचना पु¥याउने गरेको कटुवाल पूर्ण परियारले बताउनुभयो ।
घारका शिक्षक ठगराज बरुवालले कटुवालले प्रवाह गरेको सूचनालाई सबैले आधिकारिक मानेर विश्वास गर्ने गरेको बताउनुभयो ।म्याग्दीका प्रायः सबैजसो बस्तीमा कटुवाल राखिएको छ । गाउँमा श्रमदान, युवा, आमा, वन समूहको भेला, बैठक, खोपलगायत विभिन्नकार्यक्रम हुँदा यसैबाट सूचना प्रवाह गरिन्छ । गत चैतमा भएको बन्दाबन्दीको घोषणादेखि नै कटुवाल लगाएर वडा, गाउँपालिका, जिल्लास्तरमा भएका निर्णयहरु सार्वजनिक गरिँदै आएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो ।
कतिपय ठाउँमा माइकिङ गरेर पनि सूचना प्रवाह गराएका छन् । सडक पुगेको बस्तीमा गाडीमा माइक राखेर कोरोना रोकथामका लागिगाउँपालिकाले तयार पारेको जिङ्गल (अडियो सन्देश) बजाएका छन् । भित्री बस्ती र सडक नपुगेका ठाउँमा कटुवाललाई परिचालनगरिएको छ । कटुवालको काम गर्ने व्यक्ति अधिकांश दलित समुदायका छन् । कटुवाल काम गरेबापत सामुदायिक वनलगायतआन्तरिक स्रोतबाट तलबका साथै सिजनअनुसार बालीघरे प्रथाअनुसार गाउँलेबाट धान, गहुुँ कोदो, मकै ज्याला पाउँछन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…