कोरोना फैलिन नदिन कटुवालबाट सन्देश प्रवाह

कोभिड१९ को रोकथामका लागि म्याग्दीका गाउँबस्तीमा कटुवाल माइकिङ गरेर सन्देश प्रवाह गराइएको

इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन पत्रपत्रिका जस्ता आम सञ्चारमाध्यमको सहज पहुँच नभएका दुर्गम विकट बस्तीमा कटुवालपरिचालन गरेर कोरोनासम्बन्धी सन्देश प्रवाह गराएका हुन्

फोटो फाईल

कटुवालहरुले अतिआवश्यक कामबाहेक शहरबजारमा नजान, भेला नगर्न, साबुनपानीले हात धुन, शहरबाट आएकालाई अलग्गै बस्न, ज्वरो, रुघाखोकी लागेमा स्वास्थ्य संस्थामा जान अनुरोध गरिरहेका छन् कोरोनाका बारेमा जानकारी गराउन कटुवाल हर्कजीतविश्वकर्मालाई घोक हाल्न (सबैले सुन्ने गरी चिच्याउन) लगाएको धवलागिरि गाउँपालिका धारापानीका किरण थापाले बताउनुभयो बिरामी भएर पोखरा लगिएका धारापानीका ८६ वर्षीय वृद्धलाई बिहीबार कोरोना पुष्टि भएको थियो

गाउँका सबैको घरमा सञ्चारमाध्यमको पहुँच नभएकाले ज्यालाबापत सिजन अनुसारका खाद्यान्न दिने गरी उहाँलाई कटुवाल नियुक्तगरिएको ”, थापाले भन्नुभयो, “गाउँमा भेला, बैठक, खोप, वन, विद्यालय, विकास निर्माणको सूचना प्रवाह गराउने आधिकारिक व्यक्तिकटुवाल नै हुन् कटुवाललाई सहज होस् भनेर अन्नपूर्ण गाउँपालिकाको वडा नं को कार्यालयले एक थान ह्याड माइक उपलब्धगराएको वडाका जनप्रतिनिधिको निर्देशनानुसार सबै बस्तीमा पुगेर सूचना पु¥याउने गरेको कटुवाल पूर्ण परियारले बताउनुभयो

घारका शिक्षक ठगराज बरुवालले कटुवालले प्रवाह गरेको सूचनालाई सबैले आधिकारिक मानेर विश्वास गर्ने गरेको बताउनुभयो म्याग्दीका प्रायः सबैजसो बस्तीमा कटुवाल राखिएको गाउँमा श्रमदान, युवा, आमा, वन समूहको भेला, बैठक, खोपलगायत विभिन्नकार्यक्रम हुँदा यसैबाट सूचना प्रवाह गरिन्छ गत चैतमा भएको बन्दाबन्दीको घोषणादेखि नै कटुवाल लगाएर वडा, गाउँपालिका, जिल्लास्तरमा भएका निर्णयहरु सार्वजनिक गरिँदै आएको अन्नपूर्ण गाउँपालिका का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो

कतिपय ठाउँमा माइकिङ गरेर पनि सूचना प्रवाह गराएका छन् सडक पुगेको बस्तीमा गाडीमा माइक राखेर कोरोना रोकथामका लागिगाउँपालिकाले तयार पारेको जिङ्गल (अडियो सन्देश) बजाएका छन् भित्री बस्ती सडक नपुगेका ठाउँमा कटुवाललाई परिचालनगरिएको कटुवालको काम गर्ने व्यक्ति अधिकांश दलित समुदायका छन् कटुवाल काम गरेबापत सामुदायिक वनलगायतआन्तरिक स्रोतबाट तलबका साथै सिजनअनुसार बालीघरे प्रथाअनुसार गाउँलेबाट धान, गहुुँ कोदो, मकै ज्याला पाउँछन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago