जिल्लामा उपभोक्तालाई ठगी गरेको अभियोगमा पाँचवटा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । ती संस्थालाई उपभोक्ताठगी गरेको अभियोगमा रु ५० हजार जरिवाना सहित कारवाही गरिएको हो ।
वाणिज्य कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले शुक्रबार भरतपुरमहानगरपालिका भित्र बजार अनुगमन गर्दा मूल्य सूची नराखिएको तथा खरिद र बिक्रि बिल उपलव्ध गराउन नसकेपछि कारवाहीगरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार कारवाहीमा पर्नेमा नारायणगढको निर्जला स्टोर्सका अखण्डश्रेष्ठ, सुनिता खाद्य उद्योगका नर्वो तामाङ, जय श्री वालाजी ट्रेडसका मनोजकुमार अग्रवाल, शुलभ खाद्य भण्डारका विष्णुप्रसाद पौडेल रशुभम फ्रुट टेर्डसका सन्तोष बजाज रहेका छन् । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम उनीहरुलाई जनही रु ५०हजारका दरले जरिवाना गरिएको शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार सात दिन भित्र जरिवाना रकम बैंक दाखिल गरी भौचरप्रशासनमा बुझाउन उनीहरुलाई निर्देशन दिइएको छ ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…