ओलाङ्चुङ्गोलाको गलैँचा घरैमा थन्किए

कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमाथन्किएका छन् चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँकाबासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका हुन्

फोटो फाईल

सदरमुकामबाट सवारी साधन पैदल गरी दुई दिनमा मात्र पुगिने एक्लो हिमाली बस्ती ओलाङ्चुङ्गोलाका प्राय सबैले गलैँचा बुन्नेपेशालाई अगालेका छन् भने यसैमा उनीहरु निर्भर छन् यो बस्तीमा ५४ घर परिवारको बसोबास पशुपालन, जडिबुटीसङ्कलनलगायत पेशालाई क्रमशः छाड्दै गएका यहाँका बासिन्दाले गलैँचा बुन्ने पेशालाई नै आफ्नो मुख्य आमदानीको स्रोत बनाएकाछन्

तिब्बत तर्फ मात्रै निर्यात हुँदै आएको गलैँचा नाका बन्दका कारण घरैमा थन्किएपछि भने उनीहरु समस्यामा परेका छन् केही वर्षअघिसम्म यहाँका प्रायः युवा अन्यत्र नगई घरैमा बस्ने हुँदा पशुपालन जडिबुटी सङ्कलनमा सहज थियो पछिल्लो पटक अध्ययनलगायतका कामले युवा शहर तिरै केन्द्रित हुँदा जनशक्तिको अभाव लगायतले पशुपालन जडिबुटी सङ्कलनको काम छाडेर घरमारहनेले गलैँचा बुन्ने गरेका छन्

गत वर्षको कात्तिकयता बुनेका गलैँचाले घर भरिएको , नाका बन्दले गर्दा चीनतर्फ लैजान सकिएको छैन, यहाँ बुनिएका गलैँचाकोमुख्य बजार भनेकै चीनको तिब्बत हो”, गलैँचा व्यवसायी याङ्दी वालुङले भन्नुभयो एकातिर नेपाली बजारमा ल्याउन टाढा भएको अर्कातिर काठमाडौँ लगायतका ठाउँमा उत्पादित गलैँचा नै नेपाली बजारमा प्रशस्त पाइने भएकाले समस्या भएको वालुङको भनाइ गलैँचा बेच्न नपाए पनि अहिलेसम्म आर्थिक रुपले समस्या नभएको तर अझै केहि महिना यस्तै अवस्था रहिरहे आफूहरु समस्यामा पर्नेस्थानीय वालुङले बताउनुभयो

विगतका वर्षमा तिब्बतमा गलैँचा लगेर वर्षभर पुग्ने खाद्यान्नलगायत सामान  लिएर फर्किने गरिन्थ्यो, यो वर्ष गलैँचा बेच्न पाइयो खाद्यान्न जोहो गर्न सकियो, यस्तै अवस्था रहिरहे हामी सर्वसाधरणलाई समस्या हुने भयो”,  वालुङ भन्नुहुन्छ वर्षेनी जेठदेखि साउनभदौसम्म याक, चौँरीलाई गलैँचा बोकाएर तिब्बत जाने आउँदा खाद्यान्न लगायतका सामान लिएर फर्किने ओलाङ्चुङ्गोलाबासी चाँडैनाका खुल्ला भन्ने आसमा देखिन्छन् तर दिनानुदिन सङ्क्रमणले ठूलो रुप लिँदै गएकाले नाका खुल्ने सम्भावना छैन हरेक घरमागलैँचा थन्किएर समस्या आउने देखिएपछि बजारीकरणका लागि वडाले पहल गरिरहेको त्यहाँका वडा अध्यक्ष छेतेन शेर्पाको भनाइ सबैको घरमा गलैँचा थन्किएका छन्, बजारीकरण नहुँदा आर्थिक रुपले उनीहरु समस्यामा पर्ने देखिन्छ, अहिले वडाले बजारीकरणकालागि विभिन्न क्षेत्रमा समन्वय गर्ने काम गरिरहेको ”, अध्यक्ष शेर्पाले भन्नुभयो

ओलाङ्चुङ्गोलामा वार्षिक ५०० बढी गलैँचा उत्पादन हुने गरेको उहाँले बताउनुभयो एउटा गलैँचा बुन्नका लागि कम्तिमा १० दिनसम्मसमय लाग्छ यसका लागि चाहिने धागोलगायत कच्चा पदार्थसमेत चीनबाट नै ल्याउने गरिएको गलैँचाको मूल्य सामान्यतया रु १०देखि २० हजारसम्म पर्छ यहाँ उत्पादित गलैँचाको मुख्य बजार नै चीनको तिब्बत हो कहिलेकाही कोशेलीको रुपमाकाठमाडाँैलगायत ठाउँमा समेत लगिने गरेको

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago