काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालन मार्फत आम्दानी भएको रकम नेपालकै बैंक खातामा आउने व्यवस्था गरेको छ।
हाल युट्युव लगायतमा भएको आम्दानीे वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत प्राप्त गर्दै आएकोमा अब नेपालकै बैंक खातामा पाउने व्यवस्था भएको राष्ट्र बैंकले सूचना प्रकाशन गरी जानकारी दिएको छ।
सूचनामा प्रविधि सम्बद्ध दक्षता तथा विज्ञताको निकासी बिक्रीमा प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिए वापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबारवापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य नेपाली बैंक खातामा नै मान्यता दिने भनको हो।
स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भए पश्चात् भुक्तानी सेवा प्रदायक, बैंक तथा वित्तीय संस्था समेतले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिने राष्ट्र बैंकले जारी गरेको सुचनामा उल्लेख छ।
यसको लागि विदेशी बैंकले नै स्रोतकर्तासँग समन्वय गरी नेपाली बैंकमा उक्त रकम पठाइदिनेछ। विदेशी स्रोतबाट गरिएको आम्दानीको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले आम्दानीको विवरण भने हरेक महिना राष्ट्र बैंकलाई जानाकारी गराउनु पर्नेछ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…