सन्ताेष गहतराज , पाल्पा । आदर्श आधारभूत विद्यालयको भवन शिलान्यास भएको छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–५ भक्तेडाँडामा रहेको उक्त विद्यालयमा निर्माण हुने चारकोठे भवनको एक कार्यक्रमका बीच विहीबार गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले शिलान्यास गरेका हुन्।
शिलान्यास गर्दै अध्यक्ष घर्तिमगरले ७० लाख लागतमा ४ कोठे भवन र आवश्यक फर्निचरसहित आउँदो पुस मसान्तसम्म निर्माण सम्पन्न हुने उक्त भवनमा भूकम्प प्राधिकरणको आर्थिक सहयोग रहने बताए । स्थानीय विद्यार्थीलाई भौतिक सेवा उपलब्ध गराउन सकेमा शैक्षिक अवस्थामा उल्लेखनीय परिवर्तन भई यस क्षेत्रमा सकारात्मक प्रभाव पर्ने छ । कार्यक्रममा वडाध्यक्ष दलबहादुर दर्लामी,गाउँ शिक्षा प्रमुख लक्ष्मी कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर चिदी, जग्गादाता दिगाम्बर चिदी,विद्यालयका शिक्षकहरु र उभिभावकहरुको उपस्थिति रहेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…