तिनाउकाे आदर्श आधारभूत विद्यालयको भवन शिलान्यास ।

 

सन्ताेष गहतराज , पाल्पा । आदर्श आधारभूत विद्यालयको भवन शिलान्यास भएको छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–५ भक्तेडाँडामा रहेको उक्त विद्यालयमा निर्माण हुने चारकोठे भवनको एक कार्यक्रमका बीच विहीबार गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले शिलान्यास गरेका हुन्।

शिलान्यास गर्दै अध्यक्ष घर्तिमगरले ७० लाख लागतमा ४ कोठे भवन र आवश्यक फर्निचरसहित आउँदो पुस मसान्तसम्म निर्माण सम्पन्न हुने उक्त भवनमा भूकम्प प्राधिकरणको आर्थिक सहयोग रहने बताए । स्थानीय विद्यार्थीलाई भौतिक सेवा उपलब्ध गराउन सकेमा शैक्षिक अवस्थामा उल्लेखनीय परिवर्तन भई यस क्षेत्रमा सकारात्मक प्रभाव पर्ने छ । कार्यक्रममा वडाध्यक्ष दलबहादुर दर्लामी,गाउँ शिक्षा प्रमुख लक्ष्मी कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर चिदी, जग्गादाता दिगाम्बर चिदी,विद्यालयका शिक्षकहरु र उभिभावकहरुको उपस्थिति रहेको थियो ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago