मध्यम तथा लामो दूरीमा १५ प्रतिशत सवारी साधन

मध्यम तथा लामो दूरीमा दिनभरमा आज झण्डै १५ प्रतिशत सवारीसाधन सञ्चालन भएका छन् मध्यम तथा लामो दूरीमा सवारीसाधनसञ्चालन भएको पहिलो दिन कम सङ्ख्यामा मात्रै बस सञ्चालन भएका हुन् कोभिड१९ को रोकथामका लागि सरकारले पहिलोपटक गत चैतमा जारी गरेको बन्दाबन्दीदेखि सार्वजनिक सवारीसाधन ठप्प थिए सरकारले गत असार साउनमा एक जिल्लाभित्र मात्रैसवारीसाधन सञ्चालन गर्न अनुमति दिएको थियो

सवारीधनी मजदूरले आज बिहान विश्वकर्मा पूजा गरेर बस सञ्चालन गरेका थिए पहिलो दिन भएकाले सडकमा यात्रु पनि कमसङ्ख्यामा निस्केको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो अधिकांशसवारीसाधन काठमाडौँ उपत्यका बाहिर भएकाले पनि आज कम मात्रै सञ्चालनमा आएको हो कोभिड१९ को त्रास भए पनि  आगामीदिनमा बिस्तारै सवारीसाधन यात्रु बढ्ने उहाँको भनाइ उहाँले भन्नुभयो, “अबका दिनमा दिन प्रतिदिन यात्रु बढ्ने छन्

सरकारले अहिलेसम्म सार्वजनिक यातायातका लागि स्वास्थ्यसम्बन्धी कार्यबिधि बनाइसकेको छैन लामो मध्यम रुटमा बीचमा रोक्नेस्थान, खाजा खाना खाने स्थानलगायतका कुरामा अझै स्पष्ट छैन सबै चालक, सहचालक, यात्रुलाई यात्राका क्रममा स्वास्थ्यसावधानी अपनाउन महासङ्घले अनुरोध गरेको चालक तथा सहचालक दुवैलाई माक्स, पञ्जा सेनेटाइजर तथा सहचालकलाईफेस भाइजरको प्रयोग अनिवार्य गरिएको

त्यस्तै, महासङ्घले यात्रुलाई बस चढ्दा, ओर्लदा खाना तथा खाजा खाने समयमा भीडभाड नगर्न अनुरोध गरेको गत सोमबारबसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा आजदेखि मध्यम लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका हुन् यातायातव्यवसायी मजदूरका सङ्घ÷सङ्गठनले पटकपटक सरकारलाई सबै रुटमा सवारीसाधन सञ्चालनको अनुमति दिन अनुरोध गरेकोथियो

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago