सन्ताेष गहतराज , पाल्पा । पाल्पामा पछिल्लो समयमा समुदाय स्तर काेराेना भाइरसको संक्रमण बढे सँगै गाउँपालिकाहरूले अाइसाेलेसन अस्पताल निर्माण गर्दै गरेकाे सन्दर्भमा जिल्लाकाे माथागढी गाउँपालिकाले पनि आइसोलेसन अस्पताल निर्माण गर्ने कार्य शुरू गरेको छ ।
संघीय सरकारको १० लाख रुपैयाँ अनुदानमा गाउँपालिकाको वडा नं. ४ झडेवा देउगिरमा ५ वेडको आइसेलेसन अस्पताल निर्माण हुने लागेको हो । समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैदिदै गएपछि उपचार तथा रोकथामका लागि आइसोलेसन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष सन्तोष थापाको अनुसार आइसोलेसन कक्षसँगै २५ वेडको क्वारेन्टाईन समेत निर्माण गरिने छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा राख्ने स्थान नभएकाले समुदाय स्तरमा फैलन नदिन आइसोलेसनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो । माथागढी ४ झडेवा देउगिर सभाहलमा आइसोलेसन र किसान मा.वि.को पुरानो भवनमा क्वारेन्टाइन बनाउने गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो। यसअघिका कोराना संक्रमितलाई जिल्लाको मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा राखिएको थियो । गाउँपालिकामै आइसोलेसन निर्माण भएपछि कोरोना संक्रमितलाई महङ्गो शुल्क तिरेर अन्यन्त्र अस्पतालमा राख्नु नपर्ने गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले बताउनुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…