काठमाडौं । विभिन्न नियुक्ति र संविधान दिवसमा प्रदान गरिने विभुषणको टुंगो लगाउन आज (बिहीबार) मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मध्यान्ह १२ बजे बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ।
संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभुषण प्रदान गरिने भएकाले उक्त विभुषणका विषयमा बैठकमा निर्णय हुने एक मन्त्रीले जानकारी दिए।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वको विभुषण सिफारिस समितिको प्रस्तावमा मन्त्रिपरिषद्ले मानपदवीको निर्णय गर्छ।
यस्तै आजको बैठकमा राजनीतिक नियुक्तिका विषयमा पनि छलफल हुनसक्ने स्रोतले बताएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका विषयमा उर्जामन्त्री वर्षमान पुनले लगेको प्रस्तावमा छलफल हुनेछ।
स्रोतका अनुसार उर्जामन्त्री पुनले कुलमान घिसिङलाई नै आगामी ४ वर्ष पुनः नियुक्ति गर्ने गरि प्रस्ताव लगेका छन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको उनका सचिवालयले जनाएको छ।
उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ । सो प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुनेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…