काठमाडौं ।  विभिन्न नियुक्ति र संविधान दिवसमा प्रदान गरिने विभुषणको टुंगो लगाउन आज (बिहीबार) मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

                         फाईल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मध्यान्ह १२ बजे बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ।

संविधान दिवसका दिन विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभुषण प्रदान गरिने भएकाले उक्त विभुषणका विषयमा बैठकमा निर्णय हुने एक मन्त्रीले जानकारी दिए।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वको विभुषण सिफारिस समितिको प्रस्तावमा मन्त्रिपरिषद्ले मानपदवीको निर्णय गर्छ।

यस्तै आजको बैठकमा राजनीतिक नियुक्तिका विषयमा पनि छलफल हुनसक्ने स्रोतले बताएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका विषयमा उर्जामन्त्री वर्षमान पुनले लगेको प्रस्तावमा छलफल हुनेछ।

स्रोतका अनुसार उर्जामन्त्री पुनले कुलमान घिसिङलाई नै आगामी ४ वर्ष पुनः नियुक्ति गर्ने गरि प्रस्ताव लगेका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको उनका सचिवालयले जनाएको छ।

उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ । सो प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुनेछ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago