जापान । नवलपुर समाज जापानले ब्लड क्यान्सर पिडित मध्यविन्दु १० का सत्य अधिकारीको जीवन रक्षाका लागि नेपाली ९६ हजार ५ सय रुपैयाँ एक समारोहका बीच निवासमा पुगी सो रकम हस्तान्तरण गरेकोछ ।
नवलपुर समाज जापान नवलपुर बाट रोजगारी, पढाई , ब्यापार को सिलसिलामा मा जापान आउनु भएका हरुले सामाजिक सेवा गर्ने उदेश्य खोलियको सस्था हो तेही उदेश्य अनुसार आफ्नो जिल्लामा सामाजिक सेवा गरिरहेकोछ ।
६ वर्षदेखी उपचारार्थ ब्लड क्यान्सर पिडित मध्यविन्दु १० का सत्य अधिकारीको जीवन रक्षाका लागि पिडित सत्य अधिकारीका हजुरबुवा थानप्रसाद अधिकारीले नातीलाई बचाईदिन सबैलाई आग्रह गरिरहनु भएकोछ ।
सत्य अधिकारीको जीवन रक्षाका लागि आग्रह आयपछी नवलपुर समाज जापानले सोही आग्रह लाई बुझेर शनिबार नवलपुर जापान समाजले ब्लड क्यान्सर पिडित सत्य अधिकारीलाई आर्थिक सहयोग गरेको छ । नवलपुर समाज जापान माफर्त संकलन गरेको ५० हजार जापानी येन र नवलपुर समाज जापान कान्साई क्षेत्रिय समितिमार्फत संकलन गरिएको ३७ हजार जापानी येन गरि नेपाली ९६ हजार ५ सय रुपैयाँ शनिबार एक समारोहका बीच मध्यविन्दु १० अधिकारी निवासमा पुगी सो रकम हस्तान्तरण गरेको हो ।
रकम हस्तान्तरण कार्यक्रममा मध्यविन्दु नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चुराबहादुर थापाले सबैको सहयोगले विपन्न परिवारको उद्धार हुने बताउँदै सहयोगी समाजप्रति धन्यवाद् ज्ञापन गर्नुभयो । गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेलले नवलपुर समाज जापानले निरन्तर रुपमा गरेको सहयोगको साक्षि बनेको बताउँदै दिनदुःखीको सेवामा समाजले प्रशंसनिय कार्य गरेको र यस्ता कार्यमा सबै लाग्नुपर्ने बताउनुभयो ।
नवलपुर समाज जापान कान्साई क्षेत्रिय समितिका अध्यक्ष डिपी सापकोटा ‘सुरेश’ ले सत्य अधिकारीको ज्यान बचाउन जापानमा अभियाननै चलाएको बताउँदै सबै युवाहरुमाफर्त संकलन गरिएको रकम हस्तान्तरण गरिएको बताउनुभयो । समाजका सदस्यसँगै क्षेत्रिय समितिबाट रामप्रसाद खरेलका बुवा घनश्याम खरेल लगायतको पहलमा रकम संकलन गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रमको सहजिकरण गर्दै गैंडाकोट ८ निवासी सि.आर. कंडेलले नवलपुर समाज जापानका युवाहरुले आफुले गरेको कमाईबाट केही पैसा दुःखी र पिडित परिवार तथा समाजसेवामा खर्चने काम सराहनिय रहेको बताउनुभयो । सो अवसरमा समाजका सदस्य अर्जुन सापकोटा, सामाजिक अभियान्ता गणेश सापकोटा लगायत स्थानीय वासिन्दाको उपस्थिती रहेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…